मिलन चाम्सको निर्देशनमा ‘बल्ल बल्ल भेट भयो’ रिलीज

काठमाडौँ – मिलन चाम्सको निर्देशन रहेको ‘बल्ल बल्ल भेट भयो, आउन माया नाचौ सरर….’  बोलको गीत रिलीज भएको छ ।

उक्त सार्वजनिक गीतमा गायक तेम्बा शेर्पा र गायिका दीपा लामाको स्वर रहेको छ । साथै दीपक शर्मा को शब्द तथा संगीत रहेको छ ।

संतोष कार्कीको संपादन तथा कबिराज गहतराजको कोरियोग्राफी रहेको उक्त म्यूजिक भिडियोमा नायक दयाहाङ राई, निरंजली लामा र क्षीतीज सुबेदीको अभिनय रहेको छ ।


प्रकाशित | १७ श्रावण २०७७, शनिबार १२:१६