पीएसजीलाई लिग कपको उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कपको उपाधि उचालेको छ । शुक्रबार राति लियोनलाई पेनाल्टी सुटआउटमा हराउँदै पीएसजीले लिग कपको उपाधि उचालेको हो ।

अन्तिम पटक आयोजित लिग कपको फाईनल खेल गोल रहित बराबरीमा सकिएको थियो ।
सुरुवातको १० पेनाल्टी गोलमा परिणत भएपछि पीएजीका गोलकिपर किलर नाभासले बट्र्रेड ट्रेयरको प्रहार बचाएका थिए । पीएसजीका पाब्लो सरबियाले गोल गर्दै पीएसजीलाई फ्रेन्च लिग कपको उपाधि दिलाए ।

करिब ५ हजार दर्शक फाईनल खेल हेर्न उपस्थित थिए । गत अप्रिलमा फ्रान्सको घरेलु फुटबल बन्द गरेपछि यो दोस्रो औपचारिक खेल थियो । गत शुक्रबार पीएसजीले सेन्ट ईटिएनलाई १–० ले हराउँदै फ्रेन्च कपको उपाधि जितेको थियो ।

खेलको अतिरिक्त समयमा लियोनले राम्रो खेल प्रर्दशन गरेको थियो । खेलको अन्तिम मिनेटमा लियोनका डिफेन्डर राफेल रातो कार्ड खादै मैदान बाहिरिएका थिए । उनले डिबक्सभित्र पीएसजीका विङ्गर एन्जल डी मारियलाई फल गरेका थिए ।

पीएसजीले फाईनल खेलमा फरवार्ड केलियन एम्बाप्पेलाई गुमाएको थियो । मांशपेशीमा समस्या आएसंगै उनी तीन हप्ता मैदान बाहिर छन् । पीएसजीले यसअघिनै सुपर कप, फ्रेन्च कप र लिग वानको उपाधि उचालिसकेको छ ।


प्रकाशित | १७ श्रावण २०७७, शनिबार ०८:१६