यूकेमा अध्ययन गर्न चाहने विद्यार्थीको आर्कषण बढेको छ : शिशिर रेग्मी

काठमाडौं – सरकारले १ सय २० दिनपछि लकडाउन अन्त्य गरेको छ । लामो दूरीका यातायात, आन्तरिक र बाह्रय हवाई यातायात, शैक्षीक पठनपाठन आगामी भदौ १ गतेदेखि खोल्न दिने निर्णय गरिसकेको छ । लामो समयपछि लकडाउन खुलेसँगै अहिले जनजीवन पनि विस्तारै सामान्यतर्फ उन्मूख भएको छ । विदेशमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरु पनि आफनो गन्तब्यको लागि अग्रशर भइरहेका छन् । अहिले विदेश जान इच्छुकहरु आफनो सम्पूर्ण प्रक्रियाको लागि लागिपरिरहेका छन् ।

त्यस्तै, लकडाउन अवधिभर भचुर्अल सेवा दिएको एसआई यूके नेपालका कन्ट्री म्यानेजर शिशिर रेग्मी यूकेमा पछिल्लो समय विद्यार्थीको आर्कषण् बढेको बताउनुहुन्छ । हवाई उडान र एनओसी खुला भएसँगै विद्यार्थी अध्ययनको लागि जान सकिने भएकाले जान चाहाने विद्यार्थीलाई तयारी अवस्थामा रहन सुद्याव दिनुहुन्छ । विदेश पढ्न जान चाहने विद्यार्थीलाई शिक्षा मन्त्रालयले दिने वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) पनि अब अनलाइनबाटै आवेदन दिने व्यवस्था गरिएको छ ।

एसआई यूकेले लकडाउनअवधिभर भर्चुअल रुपमा विश्वविद्यालयका प्रतिनिधिमार्फत गोष्ठी, सेमीनार गरेको थियो । अहिले पनि विद्यार्थीलाई भर्चुअल रुपमा आवश्यक परामर्श दिइरहेको रेग्मीले बताउनुभयो ।

विश्वका विभिन्न २३ वटा देशहरुमा शाखा सञ्जाल फैलाएको यस अन्तराष्ट्रिय ख्याती प्राप्त शैक्षीक परामर्श संस्थाले वार्षिक ४० हजार भन्दा बढी विद्यार्थीहरुलाई यूके र आयरल्याण्डमा रहेका विश्वका उच्चस्तरीय विश्वविद्यालयहरुमा अध्ययनका लागि मार्ग प्रदान गर्दै आएको छ ।

विभिन्न देशमा फैलिएको एसआई यूकेले विश्वभरि ५० वटा अफिस मार्फत सेवा प्रवाह गर्दै आएको छ । एसआई यूकेले बेलायतमा १ सय ५० वटा भन्दा बढी विश्व विद्यालयमार्फत सहकार्य गर्दै आएको छ ।

नेपालबाट विकसित मुलुकका राम्रा विश्व विद्यालयमा अध्ययन गर्न जाने क्रम बढेसँगै पछिल्लो समय यूके अध्ययन गर्न जाने विद्यार्थीको आर्कषण ह्वात्तै बढेको हो ।


प्रकाशित | १५ श्रावण २०७७, बिहीबार १४:०८