भिक्टोरियाबासी नेपाली समुदायलाई सावधानी अपनाउन संयुक्त आह्रवान

मेलबर्न : अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना (कोभिड -१९ ) संक्रमण बढेको र केहि नेपालीमा समेत संक्रमण देखिएको भन्दै सावधानी अपनाउन नेपाली समुदायलाई अपिल गरिएको छ । भिक्टोरियाको स्वास्थ्य बिभागको तत्थ्यांक अनुसार पछिल्लो केहि दिनदेखि हरेक दिन ३०० भन्दा बढीको संख्यामा कोरोना संक्रमितहरु भेटिएको छ। यस लगत्तै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ।

कोरोनाको संक्रमण केहि नेपालीहरूमा पनि देखिएकोमा चिन्ता ब्यक्त गदैं महावाणिज्यदूतको कार्यालय भिक्टोरिया, एनआरएनए भिक्टोरिया तथा नेपलिज एसोसियसन अफ भिक्टोरियाले संयुक्त विज्ञप्ति जारी गर्दै सावधानीको लागि आह्रवान गरेको हो ।

भिक्टोरिया राज्यका अवैतानीक नेपाली महावाणिज्यदूत चन्द्र योञ्जन, एनआरएनए भिक्टोरिया राज्यका संयोजक प्रेम कँडेल र नेपलिज एसोसियसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरेले जारी गर्नुभएको बिज्ञप्ति जस्ताको तस्तै:-

आदरणीय भिक्टोरियावासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरु,

हामी सबैलाई अबगत नै छ केहि हप्ता देखि अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना (COVID-19) को संक्रमणदर बढीरहेको छ । भिक्टोरियाको स्वास्थ्य बिभागको तत्थ्यांक अनुसार पछिल्लो केहि दिनदेखि हरेक दिन ३०० भन्दा बढीको संख्यामा कोरोना संक्रमितहरु भेटिईरहेका छन् । यस लगत्तै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। कोरोनाको संक्रमण केहि नेपालीहरूमा पनि देखिएको खबरले हामीलाई थप चिन्तित बनाएको छ।

बिशेषगरी पछिल्लो समय अस्पाताल र एज्ड केयर सेन्टरहरुमा कोरोना भाईरसको संक्रमण बढेपछि स्थिति झन जटिल बन्दै गएको हो।नेपालीहरूले काम गर्ने धेरै क्षेत्रहरू मध्ये एज्ड केयर सेन्टर पनि प्रमुख मानिन्छ। हालसालै प्राप्त जानकारी अनुसार विभिन्न एज्ड केयर सेन्टरहरुमा ५०० भन्दा बढी कोरोनाका संक्रमित भेटिएका छन् । यसैगरी नर्सिङ होम, एज्ड केयर तथा अन्य विभिन्न कार्य क्षेत्रमा पनि कोरोनाको संक्रमण् बढीरहेको छ।जसले गर्दा कार्यक्षेत्रका धेरै कर्मचारीहरुमा ठुलो जोखिम संगै डर, त्रास बढेको आभास गरिएको छ ।

तसर्थ यदि तपाईं तथा तपाईंसँग बस्ने कसैलाई पनि फ्लु जस्ता लक्षण( ज्वरों, खोकी लाग्ने, घांटी दुख्ने र श्वास फेर्न गार्हो भएमा ) देखीएमा, अथवा COVID-19 को बिरामी संग संपर्क भएमा तुरुन्त काममा आधीकारीक व्यक्तीहरुलाई खबर गरिदिनुहोला त्यस सँगसँगै, चिकित्सक संग टेलीहेल्थ परामर्श लीइ ड्राइब् थ्रुमा गएर छिटो भन्दा छिटो कोरोनाको परिक्षण गर्नुहुन अनुरोध गर्दछौ र कृपया कोरोनाको नतिजा नआउदा सम्म घरमै आइसोलेसनमा बस्नुहोला।

कोरोना सम्बन्धी तपाईंहरुले ध्यानदिनु पर्ने कुराहरू:
• साबुन पानीले बारम्बार हात धुनुहोला
• खोक्दा वा हाच्छिउँ गर्दा मुख र नाक छोप्नुहोला।
• घरबाट बाहिर जानु अघि अनिवार्य मास्कको प्रयोग गर्नुहोला।
• अरू मानिसहरूबाट १.५ मिटरको सुरक्षित दूरी कायम राख्नुहोला ।
• यदि तपाईं अस्वस्थ हुनुहुन्छ भने कृपया घरमै बस्नुहोला। साथीभाइ, परिवार-आफन्त भेट्न वा काममा नजानुहोला ।
• यदि तपाईंमा कोरोनाको लक्षणहरू छन् भने अनिवार्य रुपमा परीक्षण गराउनुहोला ।

अन्त्यमा यदि तपाईंहरुलाई कोरोना भाईरस सम्बन्धी थप जानकारी चाहिएमा, माहबाणिज्यदुत कार्यालय भिक्टोरिया, एनआरएनए भिक्टोरिया तथा नेपलिज एसोसियसन अफ भिक्टोरियाका कुनै पनि सदस्यहरूलाई तत्काल तल उल्लेखित फोन नम्बर तथा ईमेलमा संपर्क गर्नुहोला।

बिशेष नोट: कोरोना लागेको पुष्टि भएको वा संक्रमण पुष्टि भएको मानिसको निकट सम्पर्कमा आएका योग्य भिक्टोरियाबासी कामदारहरूको सहयोगार्थ भिक्टोरिया सरकार बाट एक पटकलाई $१,५०० डलर भुक्तानी उपलब्ध छ। यसको साथसाथै तपाईंको परीक्षणको नतिजा नआएसम्म तपाईंलाई घर बस्न मद्दत गर्न तपाईंले $300 भुक्तानी पाउनु हुनेछ। थप जानकारीको लागि coronavirus हेल्पलाइनलाई 1800 675 398 मा (दैनिक २४ सै घण्टा) सम्पर्क गर्न सकिन्छ ।

अस्ट्रेलियन समुदायमा रहेको नेपालीको गौरवमय छवीलाई उच्च मनन गर्दै जिम्मेवार बनौं आफु पनि बचौं अरुलाई पनि बचाऔं !!

धन्यवाद ।

Nrna Victoria Australia को फोटो।

प्रकाशित | १४ श्रावण २०७७, बुधबार १८:२०