नापोलीमाथि इन्टरको सहज जित

एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा इन्टरले नापोलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन डानिलो डी’एम्ब्रोसियो र लाउटरो मार्टिनेजले एक एक गोल गरे । खेलको ११ औं मिनेटमा डानिलोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा मार्टिनेजले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।
जितसँगै दोस्रो स्थानको इन्टरले ३७ खेलमा ७९ अंक जोडेको छ । इन्टरले च्याम्पियन युभेन्ट्ससँगको अंक दुरी समेत घटाएको छ ।

युभेन्ट्सको ८३ अंक रहेको छ । नापोली ५९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।


प्रकाशित | १४ श्रावण २०७७, बुधबार ०८:३७