रमेश काफ्लेको ‘तिमीले मलाई बुझेनौँ भने’ सार्वजनिक

काठमाडौं–गीतकार रमेश काफ्लेले ‘तिमीले मलाई बुझेनौँ भनेु बोलको नयाँ गीत बजारमा ल्याउनुभएको छ । गायक प्रताप दासको स्वर रहेको सो गीतमा संगीत राजकुमार बगरको छ ।

ओएसआर डिजिटलको आधिकारीक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोमा चलचित्रका चर्चित नायक आकाश श्रेष्ठ र मोडल योगिता दाहालको अभिनय रहेको छ ।

भिडियो निर्माण कार्यमा उत्सब दाहालको क्यामरा, सम्पादन विष्णु खड्का (आर्यन तथा सुभम भुजेलको कोरियोग्राफी रहेको छ । भिडियोको सहायक निर्देशक साइव्रत आचार्य हुनुहुन्छ ।


प्रकाशित | १२ श्रावण २०७७, सोमबार २०:४७