साम्राज्ञीविरुद्ध भुवन केसीले जिल्ला अदालत काठमाडौंमा गरे मुद्दा दर्ता

काठमाडौँ : नायक भूवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्ध मुद्दा दर्ता गरेका छन् । बिहिबार नायक केसीले जिल्ला अदालत काठमाण्डौमा साम्राज्ञी विरुद्ध मुद्दा दर्ता गरेका हुन् ।

नायक केसी र नायिका शाहविच विगत केही समयदेखि सामाजिक संजालमा वाकयुद्ध नै चलिरहेको थियो । साम्राज्ञीले आफ्नो इज्जतमा नै दाग लगाउने गरि केही शब्द प्रयोग गरेको भन्दै भूवनले मुद्दा दर्ता गरेका हुन् ।

साथै, नायक केसीले चलचित्र ‘ड्रिम्स’को बिषयलाई लिएर भैरहेको विवाद र जापान पुग्दा साम्राज्ञीले लगाएको दुव्र्यवहारको बिषयलाई पनि आफ्नो उजुरीमा समावेश गरेको वुझिएको छ । नायक केसीले अब यो बिषय अदालतमा प्रवेश गरेकाले सबै कुरा अदालतले नै फैसला गर्ने प्रतिक्रिया दिएका छन् ।


प्रकाशित | ९ श्रावण २०७७, शुक्रबार २०:०९