सीता रसाइली बिश्वकर्माको तीज गीत ‘बर्ष दिन बितेको’ सार्बजनिक

सिड्नी : सीता रसाइली बिश्वकर्माको स्वरमा सजिएको तीज गीत ‘बर्ष दिन बितेको’ सार्वजनिक भएको छ । बि बि अनुरागीको शब्द रचना तथा संगीत रहेको उक्त गीत भिभीड नेपाली मिडिया च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

डा. मोम बिश्वकर्माको प्रस्तुति तथा शंकर बि सीको निर्देशन र कोरियोग्राफी रहेको उक्त गीतको म्युजिक भिडियोमा कलाकारहरू अञ्जली अधिकारी, बन्दना नेपाल, उत्शा घिमिरे लगायत अन्य कलाकारहरुको उत्कृष्ट नृत्य रहेको छ ।

अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आउनु भएकी सीता रसाइली बिश्वकर्मा अस्ट्रेलियन नेपलिज जोर्नालिस्ट एसोसिएसनका बर्तमान भाइस प्रेसिडेन्ट हुनुहुन्छ । यो उहाँको स्वरमा रहेको पहिलो गीत हो।

गीतमार्फत जातीय बिभेद्को विरुद्धमा सन्देश प्रवाह गर्ने प्रयास गरिएको छ । सीता रसाइली बिश्वकर्मा सञ्चारकर्मी पनि हुनुहुन्छ ।

https://youtu.be/5YcHkj-rSyk


प्रकाशित | ७ श्रावण २०७७, बुधबार १०:१५