नेपालमा थप ५८ जना कोरोनामुक्त, निको हुनेको संख्या ११ हजार ६९५ पुग्यो

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ३ हजार ७४१ जनाको परीक्षण गरिएकोमा १५६ जनामा कोरोना संक्रमण देखिएको हो ।

नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या १७ हजार ६५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । जसमध्ये ११ हजार ६९५ बिरामी कोरोनामुक्त भएका छन् । कुल संक्रमितमध्ये निको हुनेको दर ६६.२४ प्रतिशत हो ।

पछिल्लो चौबीस घण्टामा ५८ जना बिरामी निको भई घर फर्केका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हाल २२ हजार ६६२ जना क्वारेन्टिनमा छन् । आइसोलेशनमा पाँच हजार ९२३ जना छन ।

कोभिड–१९ बाट हालसम्म ४० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोभिड–१९ को सङ्क्रमणले प्रदेश २ मा छ जना, वाग्मती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा पाँच जना, प्रदेश ५ मा १० जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा छ जनाको मृत्यु भएको हो ।

हालसम्म नेपालमा तीन लाख १५ हजार ५७० जनाको नमूना सङ्कलन गरी कोभिड–१९ को परीक्षण गरिएको छ । परीक्षण गरिएकोमा दुई लाख ९७ हजार ९१२ जनामा कोभिड–१९ को पुष्टि भएको छैन् ।


प्रकाशित | ४ श्रावण २०७७, आईतवार १७:०५