बाह्रबीसे पहिरो अपडेट : दुई गम्भिर घाइतेको हेलिकोप्टरबाट उद्धार

मेलम्ची : सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ५ जम्बुमा आएको बाढी पहिरोले गम्भीर घाइते भएका दुई जना बिरामीलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ । दुई घाइतेलाई राजधानीको ह्याम्स अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काप्लेले जानकारी दिनुभयो ।

डिएसपी काप्लेका अनुसार बेपत्ता हुनेहरुमा बाह्रबीसे नगरपालिका ५ का भीमबहादुर वाईवा, चिनीमाया वाईवा, निमाडोल्मा, लक्ष्मण, सुनमाया, जनक वाईवा रहेका छन् ।

त्यस्तै सबिना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोक बहादुर तामाङ, युत्त बहादुर, सुवेश, सविता तामाङ रहेका छन् । अन्यको पहिचान खुलेको छैन ।

मृत्यु हुनेमा सोही ठेगानाका निकेश बस्नेत र उनकी तीन बर्षीया छोरी रहेको डिएसपी काप्लेले जानकारी दिनु भयो । भोटेकोशी गाउँपालिका ५ का निमादोर्जे तामाङ, मञ्जु, पासाङनोर्बु र सहिल तामाङ रहेका छन् । बेपत्ता हुनेहरुलाई नेपाली सेना, प्रहरी र उद्धारकर्मीबाट खोजी कार्य जारी राखेको छ ।


प्रकाशित | २५ असार २०७७, बिहीबार १५:२१