धनकुटामा चट्याङ लागेर एकको मृत्यु

धनकुटा: वर्षासँगै परेको चट्याङ लागेर धनकुटामा एक जनाको मृत्यु भएको छ। चट्याङ लाग्दा साँगुरीगढी गाउँपालिका–५ निगालेका ३४ वर्षीय लालमान तामाङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मोबाइल चार्जमा राखेर सुतेका तामाङ वर्षासँगै परेको चट्याङ लागेर गम्‍भीर घाइते हुनुभएको थियो । उहाँको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी गराउनुभयो ।


प्रकाशित | ४ बैशाख २०७६, बुधबार ११:३७