करेला खानुको फाइदै फाइदा

काठमाडौँ : अहिलेको मौसमी तरकारी करेलामा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस, भिटामिन आदि तत्व पाइन्छ । मधुमेह, उच्च रक्तचाप जस्तो दीर्घ रोगमा पनि उत्तिकै लाभदायक हुन्छ करेला । हेर्नुहोस करेलाबाट हुने फाइदा :-

१. करेलाको रस मख्खनमा मिलाएर खाएमा पेटको दुखाइ कम हुन्छ ।

२. करेलामा फाइबर हुने भएकाले पाचन प्रक्रिया मजबूत बनाउन करेला सहयोगी हुन्छ ।

३. करेलाले रगतमा चिनीको मात्रा सन्तुलन राख्न मद्दत गर्छ । विशेषगरी टाइप–२ मधुमेहका रोगीहरूलाई करेला निकै फाइदाजनक हुन्छ ।

४. करेलाको रस कागतीमा मिसाएर पानीसँग पिउदा तौल नियन्त्रण हुन्छ ।

५. करेलाले रगत सफा गर्छ । साथै हेमोग्लोबिन बढाउँछ ।

. करेलाले पाचनशक्ति दुरुस्त राख्छ, भोक जगाउँछ ।

७. दमको बिरामीले करेलाको सेवन गर्नु राम्रो हो ।

. कफको रोगीले करेला सेवन गर्नुपर्छ ।

९. मधुमेहका लागि पनि करेला रामबाण हुनसक्छ । यसले सुगर लेभल नियन्त्रण गर्छ ।

१०. पक्षघातका बिरामीहरुलाई काँचो करेला खुवाउँदा स्वास्थ्य अवस्था एकदमै राम्रो बन्दछ ।

११. करेला खाने गर्नाले रगत सफा हुने र रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि मद्दत पुर्याउँदछ ।


प्रकाशित | ९ असार २०७७, मंगलवार १४:५१