नयाँ नक्सासहितको निशान छाप राजपत्रमा प्रकाशित

काठमाडौं : लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गरिएको सूचना राजपत्रमा प्रकाशित भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संविधान संशोधन विधेयक प्रमाणीकरण गरेपछि राजपत्रमा प्रकाशित गरिएको हो ।

संघीय संसदको दुवै सदनले संविधान संशोधन विधेयकलाई सर्वसम्मतिले पारित गरेको थियो । यो सँगै नेपालको नक्सामा छुटेको भूमि समेटिएको छ। अब संविधानले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमागलाई नेपालको नक्सा मान्नेछ ।


प्रकाशित | ५ असार २०७७, शुक्रबार १३:४७