छुट्टाछुट्टै दुर्घटनामा २ जनाको ज्यान गर्यो, २० घाइते

कपिलवस्तु : कपिलवस्तुमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। जिल्लाको बाणगंगा नगरपालिका २, पिपराचोकमा मंगलबार दिउँसो बस र ट्रक एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दैलेखको माबो गाउँपालिका २ बस्ने वर्ष ५५ का नन्दलाल गुरुङको मृत्यु भएको हो।

जिल्लाको शिबराज नगरपालिका, १ चोरखोलास्थित पूर्वपश्चिम राजमार्गमा टेलर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पूर्वबाट लोलर लिई पश्चिमतर्फ जाँदै गरेको रा १ क ५२७५ नम्बरको टेलर गाडी अचानक ब्रेक फेल भई सडक छेउको नालीमा खस्न जाँदा उक्त टेलरमा सवार टेलर सहचालक जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका, १ बस्ने २२ वर्षीय अजय राइको उपचारको क्रममा मृत्यु भएको छ। टेलरमा सवार चालक, लोलर चालक र लोलर सहचालक गरी ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, पूर्व–पश्चिम लोकमार्गअन्तर्गत कपिलवस्तु बाणगंगा नगरपालिका २, पिपराचोक छेउमा रोकी राखिएको भारतीय नम्बर युपी ४७ टि ३४३७ नम्बरको ट्रकमा नेपालगञ्जबाट नारायणगढ जाँदै गरेको बस ठोकिँदा बसमा सवार ४३ जनामध्ये एक जनाको मृत्यु भएको छ । बसमा सवार १७ जना घाइते भएका छन् ।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार १९:२७