नेपालमा रोकिएका हङकङबासी नेपाली सुरक्षीत रुपमा हङकङ अवतरण, सबै जना क्वारेन्टाइनमा

हङकङ: लकडाउनका कारण नेपालमै रोकिएका हङकङबासी नेपालीले सोमबार राती हङकङमा सुरक्षीत रुपमा अवतरण गरेका छन् । सोमबार नेपालबाट नेपाल एयरलाइन्सको तीन चार्टर विमानमार्फत आएका हङकङबासी नेपालीले सुरक्षीत रुपमा अवतरण गरेका हुन ।

हङकङ एयरपोर्टमा ओर्लीएसँगै उनीहरुलाई स्वास्थ्यकर्मीका साथ सुरक्षीत रुपमा क्वारेन्टाइनमा राखिएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङका अध्यक्ष टिका गुरुङले सबै जना सुरक्षीत साथ अवतरण गरेको जानकारी गराउनुभयो ।

‘लामो समय नेपालमा रोकिएका हङकङबासी नेपाली सुरक्षीत साथ अवतरण गर्न पाएकोमा हामी अत्यन्तै उत्साहीत र खुसी छौ’, अध्यक्ष गुरुङले विश्व सन्देशसँग कुराकानी गर्दै भन्नुभयो ।

एनआरएनए हङकङले नेपाल सरकार र हङकङस्थित नेपाली महावाणिज्यदूतावास सँगको करिब १ महिना देखिको पहलपछि नेपालमा रोकिएकाहरु फर्किन पाएका हुन । नेपालबाट आएकाहरु अबको १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

एनआरएनए हङकङ अध्यक्ष गुरुङले क्वारेन्टाईको वन्दोवस्त अत्यन्तै राम्रो रहेको बताउनुभयो । सबै खालका सुरक्षा सावधानी अपनाएर क्वारेन्टाइनमा सबै नेपाली सुरक्षीत साथ बसेको पनि अध्यक्ष गुरुङले जानकारी गराउनुभयो ।

त्यस्तै, सोही टोलीमा हङकङ आइपुग्नु भएको गैर आवासीय नेपाली संघ हङकङ महिला फोरम संयोजक समेत रहनु भएको अनु राई पनि क्वारेन्टाईन अत्यन्तै ब्यवस्थित रहेको बताउँदै सुरक्षीत रुपमा हङकङ अवतरण गर्न पाएकोमा खुसी ब्यक्त गर्नुहुन्छ ।

नेपालमा कोरोनाको कारण गरिएको लकडाउन र उडान बन्द गरिदा हङकङबासी नेपाली लामो समयदेखि नेपालमा रोकिएका थिए । करिब १ हजार ३ सय जना नेपालमा रोकिएका थिए ।

नेपालमा रोकिएपछि एकमहिनाअघिदेखि फर्किन चाहनेहरुलाई गैर आवासिय नेपाली संघ हङकङले नामावली संकलन गरेको थियो । नामावली संकलन गरेर सरकारलाई आग्रह गरेपछि नेपाल सरकारको कोभिड १९ उच्चस्तरीय समन्वय समितिमार्फत हङकङ चार्टर्ड उडानको अनुमती दिइएको थियो । सोही प्रयास स्वस्प हङकङबासी नेपाली हङकङ आउँन सफल भएका हुन ।

सोमबार नेपाल वायुसेवा निगमको १ वटा वाइडबडी र २ वटा न्यारोबडी जहाज मार्फत हङकङ आइपुगेका हुन । निगमको दुई न्यारोबडी तथा एक वाइडबडी जहाजबाट एक–एक घण्टाको अन्तरालमा हङकङ उडान भरेको थियो । निगमको पछिल्लो उडान गए राति ११ बजे भएको थियो ।

दुई न्यारोबडी जहाजले १५५ को दरले र एक वाइडबडी जहाजले २७२ गरी ५८२ यात्रु ल्याएको हो । हङकङमा रहेका ती जहाज आजै काठमाडौँ पुग्नेछन् । काठमाडौँ–हङकङ गन्तव्यको उडान साढे चार घण्टाको रहेको छ ।

त्यस्तै, अबको ३ दिनपछि नेपालमा रोकिएका बाँकि हङकङबासी नेपालीको न्यारोबडी जहाजमार्फत चार्टर उडान हुनेछ ।


प्रकाशित | २० जेष्ठ २०७७, मंगलवार १२:१५