नेपालमा थप २ सय २६ जनामा कोरोना पुष्टि, कुल संख्या १७ सय ९८ पुग्यो

काठमाडौं : नेपालमा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

नेपालमा संक्रमित संख्या १७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । संक्रमीत हुनेमा पुरूष २१३ र महिला १३ संक्रमित रहेको पनि प्रवक्ता देवकोटाले बताउनुभयो ।


प्रकाशित | १९ जेष्ठ २०७७, सोमबार १६:२७