विदेशमा रहेका झण्डै ९ लाख नेपाली ल्याउने सरकारको तयारी

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ । यसको व्यवस्थापनका लागि सरकारको कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति, कोभिड-१९ विपद् व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर) तथा विभिन्न मन्त्रालयले संयुक्तरूपमा काम अगाडि बढाएका छन् तर कति नेपाली ल्याउने भन्ने तथ्याङ्क भने यकिन छैन ।

दुवै समितिमा विशेष भूमिका निर्वाह गरिरहेका नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार विदेशबाट ल्याउने नेपालीको अनुमानित सङ्ख्या विश्लेषण गरी समितिमा प्रस्ताव गरिएको हो । झण्डै नौ लाख नेपाली ल्याउने अवस्था आउन सक्छ ।

जसअनुसार पछिल्लोपटक भएको छलफल अनुसार परराष्ट्र मन्त्रालयले विदेशमा समन्वय गर्ने, नागरिक उड्डयन मन्त्रालयले जहाज व्यवस्थापन गर्ने र विदेशस्थित कूटनीतिक नियोगले फर्कने नेपालीलाई अद्यावधिक गर्ने योजना छ । आजको गोरखापत्र दैनिकबाट


प्रकाशित | १३ जेष्ठ २०७७, मंगलवार ०७:४२