नर्समा कोरोना देखिएपछि कपिलवस्तु अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द

कपिलवस्तु : कपिलवस्तु अस्पतालमा आकस्मिक बाहेका सबै सेवा शुक्रबारबाट बन्द भएको छ । स्टाफ नर्समा कोरोना संक्रमण भएको पुष्टि भएपछि आकस्मिक बाहेक सबै सेवा बन्द गरिएको हो ।

अस्पतालका निमित्त मेसु डाक्टर गणेश क्षेत्रीले अस्पतालमा कार्यरत नर्स संक्रमति भएपछि अस्पतालमा आकस्मिक सेवा र प्रसुति सेवा बाहेक सबै सेवाहरू बन्द गरिएको बताउनुभयो । कर्मचारीहरू पनि कोरोनाको जोखिममा परेको र स्वाब संकलन कार्य जारी रहेको भन्दै क्षेत्रीले स्वाबको रिर्पोट नआए सम्मका लागि अस्पतालमा सेवा बन्द गरिएको बताउनुभयो ।

तीन दिन अघि अस्पतालका कार्यरत २५ वर्षिय एक स्टाफ नर्स सहित कपिलवस्तु नगरपलिकाका आठ जनामा कोरोना संक्रमण देखिएको थियो । अस्पतालको प्रसुति वार्डमा कार्यरत उनी स्टाफ नर्सलाई अस्पतालकै आईसोलेन बेडमा उपचाररत छिन्।


प्रकाशित | २ जेष्ठ २०७७, शुक्रबार १५:४५