मकवानपुर र बाँकेका थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २५८ पुग्यो 

काठमाडौं : नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरूमा मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर १, ३ र ५ वडाका १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुषहरू रहेका छन् ।

आज थपिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी गराउनुभयो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ५८ पुगेको छ । जसमध्ये ३६ जना उपचारपछि घर फर्किएका छन् ।

Image may contain: text


प्रकाशित | २ जेष्ठ २०७७, शुक्रबार ०८:२८