जिल्ला प्रशासनले यसअघि जारी गरेका सबै पास खारेज

काठमाडौँ : गृह मन्त्रालयले यसअघि जिल्ला प्रशासन कार्यालयहरूबाट जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास खारेज गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार गृहमा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यसअघि तोकिएका नियामक निकायबाट जारी भएका पासलाई भने मात्र मान्यता दिने भएको छ ।

उपत्यकाभित्र सम्बन्धित मन्त्रालय र तोकिएका नियामक निकाय र उपत्यकाबाहिर जिल्लाका हकमा पनि सम्बन्धित निकायले जारी गरेको भए सोही अनुसार हुने, नभए जिल्ला प्रशासन कार्यालयबाट सवारी पास जारी गरिने अधिकारीले जानकारी गराउनुभयो ।

अत्यावश्यक सेवाका सावारी साधनका हकमा पास आवश्यक नहुने र पत्रकारका लागि सूचना विभागले जारी गरेको प्रेस पासबाटै सवारी साधन चलाउन पाउने व्यवस्था गरिएको छ ।


प्रकाशित | १ जेष्ठ २०७७, बिहीबार १९:०३