भारतीय अभिनेत्री तथा मोडल पूनम पाण्डे पक्राउ

काठमाडौँ : भारतीय मोडल तथा अभिनेत्री पूनम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पूनम पाण्डेले भारतमा जारी लकडाउन उल्लङ्घन गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

आइतबार उनी विना कारण बीएमडब्ल्यू कारमा आफ्ना साथीसँग बाहिर घुमफिर गरिरहेकी थिइन् । पूनममाथि सरकारको आदेश उल्लङ्घन गरेको आरोप लागेको छ ।

प्रहरीले पूनमसँगै उनीसँग कारमा घुमिरहेका साथीहरुलाई पनि गिरफ्तार गरेको छ । प्रहरीले पूनम पाण्डेको बीएमडब्ल्यू कार जफत गरेको छ ।


प्रकाशित | ३० बैशाख २०७७, मंगलवार ११:४२