नायीका कविता गुरुङको ‘विस फर अ डे विथ डल्लु’को पहिलो भाग रिलीज

काठमाडौँ : नायीका कविता गुरुङको निर्माण तथा संचालनमा रहेको शो ‘विस फर अ डे विथ डल्लु’ को पहिलो भाग रिलीज भएको छ । आज यु ट्युबमार्फत सार्वजनिक भएको उक्त शोमा एकजना व्यक्तिको एक दिनको इच्छा, आकांक्षा, सपना र खुशीको कथा समेटिएको छ । डल्लु इन्टरटेन्टमेन्टले निर्माण गरेको शो लाई राम कुमार केसीले छायांकन र धुर्वराज पराजुली प्रज्वलितले सम्पादन गरेका छन् । अभिनेत्री कविता गुरुङको कन्सेप्ट र प्रस्तुतिकरण रहेको शो डल्लु इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।


प्रकाशित | २१ चैत्र २०७६, शुक्रबार १९:२३