नायिका वर्षा सिवाकोटीद्धारा कोरोनाविरुद्धको राहत कोषमा एक लाख सहयोग गर्ने घोषणा

काठमाडौं : सरकारले गठन गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रीय राहत कोषमा नायिका वर्षा सिवाकोटीले एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । । सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो पोष्ट गर्नुहुँदै नायिक सिवाकोटोलीले सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

नायिका सिवाकोटीले लेख्नुभएको छ, ‘मेरो इच्छा छ कि, यो पैसा दैनिक काम गरेर जीवन गुजारा गर्नेहरुलाई जाओस् ।’ वर्षाले कोरोनाविरुद्धको लडाईमा खटिएका स्वस्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई पनि विशेष धन्यवाद समेत दिनुभएको छ ।


प्रकाशित | १६ चैत्र २०७६, आईतवार १८:२८