लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किएर २ को मृत्यु, तीन घाइते (अपडेट)

काठमाडौं : लुक्लामा भएको विमान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । विमानस्थलमा समिट एयरको जहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ । जहाज चिप्लिएर दुर्घटना भएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार १०:०५