कोरोनाले स्पेनका फुटबल प्रशिक्षकको मृत्यु

एजेन्सी :  कोरोना भाईरसको संक्रमणबाट स्पेनमा एक जना फुटबल प्रशिक्षकको मृत्यु भएको छ । विश्वमा फैलिरहेको कोरोनाको प्रकोपबाट स्पेनमा २१ बर्षिया फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको हो ।

कोरोनाका कारण मृत्यु हुने उनी विश्वकै कान्छो उमेरका व्यक्ति भएको विश्वास गरिएको छ । गार्सियाले मालागा अवस्थित एट्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमलाई प्रशिक्षण दिईरहेका थिए ।

भाईरसको गम्भिर लक्षण देखिएपछि उनलाई अस्पतालमा लगिएको थियो । अस्पतालमा लग्ने बित्तिकै चिकित्सकले उनमा ब्लड क्यान्सर भएको पत्ता लगाएका थिए । चिकित्सकले ब्लड क्यान्सर नभएको अवस्थामा उनलाई बचाउन सकिने बताए ।

स्पेनले पछिल्लो हप्ता आपतकालिन अवस्थाको घोषणा गरेको थियो । युरोपेली देशमा स्पेन कोरोनाबाट प्रभावित दोस्रो राष्ट्र हो । उहाँ करिब ८ हजारमा कोरोनाको संक्रमण देखिएको छ । त्यस्तै २ सय ९७ जनाको ज्यान गएको छ । मलागामा कारोनाबाट मृत्यु हुने गार्सिया पाँचौ व्यक्ति रहेका छन् ।


प्रकाशित | ४ चैत्र २०७६, मंगलवार १०:३२