गैर आवासीय नेपालीको लगानीमा नेपालमै अब पार्टी गर्न पाइने बस सञ्चालनमा आउँने

काठमाडौं: नेपालमै अब ठूलो ‘पार्टी बस’ सञ्चालनमा आउने भएको छ । बस जनवरी दोस्रो सातादेखि सञ्चालनमा आउने भएको हो । आरामदायी आन्तरिक बनावट, हाई–फाई डीजे म्युजिक सिस्टम, बार र छुट्टै धुम्रपान क्षेत्र सहित संचालनमा आउने भएको हो । त्यस्तै, बुमा डान्स फ्लोर,एसी,मोबाइल चार्ज गर्ने सुविधाहरु रहेका छन ।

पार्टी बस नेपालले अहिले चार वटा सेवालाई प्राथमिकतामा राखेको छ – हप अन पार्टी राइड (साँझ राति), एअरपोर्ट पिकअप र ड्रप, व्यक्तिगत इभेन्ट र विशेष थेम पार्टी । हप अन पार्टी राइडको प्रतिव्यक्ति १ हजार रुपैयाँ निर्धारण गरेको छ ।

प्राइभेट पार्टीको ३ घण्टाको ३५ हजार रुपैयाँ र त्यसपछि प्रत्येक घण्टा १० हजार रुपैयाँ, ६ घण्टाको ५५ हजार रुपैयाँ र त्यसपछि प्रतिघण्टा १० हजार रुपैयाँ, १२ घण्टाको प्राइभेट पार्टीको लागि ८५ हजार रुपैयाँ र त्यसपछि प्रतिघण्टा १० हजार रुपैयाँ निर्धारण गरेको छ।

त्यस्तै, एअरपोर्ट पिकअप र ड्रप जसअनुसार एकतर्फीको २० हजार रुपैयाँ र ल्याउने र पुर्‍याउनको लागि ३५ हजार रुपैयाँ निर्धारण गरेको छ । हप अन शैलीको पार्टी स्पेसल थिम राइड हो जसमा प्रतिव्यक्ति १ हजार रुपैयाँ तोकेको छ । यो बसको सञ्चालन सन् २०२० को जनवरी १० मा हुनेछ ।

 


प्रकाशित | १० पुष २०७६, बिहीबार १८:०१