रोहन गुरुङको घरमा बम पड्काउने मुख्य योजनाकार पक्राउ

काठमाडौं: काठमाडौंको बूढानीलकण्ठबाट विप्लव नेतृत्वको नेकपाका पाँच जना नेता बम बनाउँदै गरेको अवस्थामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेकपा युवा संगठनका केन्द्रीय सचिव शिशिर भनिने सञ्जीव लामा, कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यालयका सचिव वकिल घतीमगर, सुलुखुम्बुका इन्चार्ज त्रिलोचन विक र दुर्गाबहादुर तामाङ रहेका छन् ।

पक्राउ परेकामध्ये शिशिर भनिने सञ्जीव लामा वैदेशिक रोजगार व्यवसायी संघका तत्कालीन अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार रहेको प्रहरीले दाबी गरेको छ ।

नेपाल प्रहरीको विशेष ब्यूरोले उनीहरूलाई एउटा कोठामा बसेर बम बनाउँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरी अधिकारीहरूले बताएका छन् । उनीहरूको साथबाट विस्फोटक पदार्थ, पेस्तोल, गोली, प्रेसर कुकर बम, बम बनाउन प्रयोग हुने कच्चा पदार्थ पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।


प्रकाशित | ६ पुष २०७६, आईतवार १६:५२