चख्खु खोला पुल उद्घाटन, अन्तर्राष्ट्रिय रंगशाला भक्तपुरमा बनाएरै छाड्ने सांसद बस्नेतको उद्घोष

भक्तपुर : सूर्यविनायक नगरपालिका वडा नं ८ अन्तर्गत जगाते डोलेश्वर सडक खण्डमा पर्ने चख्खु खोल माथि निर्माण सम्पन्न भएको मोटरेबल पुल उद्घाटन र उक्त पुलसँगै चोकको नाम चख्खु खोला पुल्चोक नामाकरण गरिएको छ ।

चख्खु खोला पुल उपभोक्ता समितिको आयोजनामा आज भएको नवनिर्मित पुलको उद्घाटन भएको हो । कुल रु एक करोड ५६ लाखको लागतमा निर्माण सम्पन्न गरिएको उक्त पुलमा स्थानीयवासीको करिव रु २२ लाखको अनुदान तथा एक लाख ५६ हजार नगद सहयोगमा सम्पन्न गरिएको छ ।

उक्त पुल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले शिलान्यास गर्नुभएको थियो । उक्त पुल निर्माणको क्रममा उपभोक्ता समितिको विशेष पहलमा पुलको आसपासमा रहेको सडकमा रिटेनिङ वाल, कालोपत्रे समेत गरिएको छ । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, वडा नं. ८ का वडाध्यक्ष किरण थापालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।


प्रकाशित | ५ पुष २०७६, शनिबार १४:३६