निर्देशकले मेरो अनुहारकै कारण फिल्मबाट रिजेक्ट गरिदिएका थिए : राकुल प्रित

एजेन्सी : साउथ फिल्मकी चर्चित नायिका राकुल प्रित सिंह अहिले बलिउडमा पनि आफ्नो पहिचान बनाइसकेकी छिन् । साउथ फिल्म बाटै फिल्मी करियर शुरु गरेकी राकुल बलिउड फिल्म ‘दे दे प्यार’ बाट निकै चर्चामा आइन् । बलिउड फिल्म ‘दे दे प्यार’ मा उनको अभिनय धेरैले रुचाए ।

पहिले साउथ फिल्ममा खेलेकी राकुल बलिउड सम्म आइपुग्दा धेरै समस्या भोगेकी छिन् । पछिल्लो समयकी सुन्दरी नायिकाको रुपमा पनि चिनिएकी राकुलले एक अन्तरबार्तामा आफुले फिल्म क्षेत्रमा भोगेको कुराहरु खोलेकी छिन् ।

उनले अन्तरबार्तामा भनिन् सुरुवातमा निर्माता र कास्टिङ निर्देशकले मेरो अनुहार एभरेज भनेर रिजेक्ट गरिदिएका थिए ।’ उनले धने कोहीले राम्री देखिन्छ्यो पनि भने तर कसैले तिम्रो अनुहार निकै एवरेज छ भने । जस्तो सुकै कमेन्ट आए पनि राकुललाई भने कुनै प्रभाव परेन ।


प्रकाशित | १८ मंसिर २०७६, बुधबार १५:५५