काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (सा) अन्तर्गत बुधबार १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागमा बुधबार एथ्लेटिक्स, कराँते, तेक्वान्दो, उसु, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, खो खो, सुटिङ, टेबलटेनिस, ट्रायथोलन, टेनिस, कबड्डी र ह्यान्डबल उसुको प्रतिस्पर्धा हुँदैछन् । महिला क्रिकेट, ब्याडमिन्टन, ट्रायथलन र ह्यान्डबल पोखरामा हुनेछ भने बाँकी खेल काठमाडौंमा हुनेछ । यस्तो छ आजको खेल तालिका ;-
–तेक्वान्दोमा गेरुगीतर्फका खेलहरु हुनेछन् ।
–एथ्लेटिक्समा ९ स्पर्धामा खेल हुँदैछ ।
–कराँतेमा नेपालले ४ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ ।
–फुटबलमा नेपालले साँझ ५ बजे श्रीलंकासँग खेल्नेछ ।
–उसुमा नेपालले दुई स्वर्णको लागि प्रतिस्पर्धा गर्दैछ । पुरुषतर्फ स्वर्ण पदकका लागि नेपालका थाउलोतर्फ दिपक हमाल र हरि प्रसाद गोले भिड्दैछन् ।
– महिला क्रिकेटमा नेपालले बंगलादेशसँग खेल्दैछ ।
–सुटिङ मंगलबारबाट सुरु भएको छ ।
–खो खोमा महिलातर्फ नेपालले स्वर्णका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । पुरुषतर्फ नेपालले तेस्रो स्थानको लागि श्रीलंकासँग खेल्नेछ ।
–ब्याडमिन्टन पोखरामा जारी छ । एकल तथा टिम इभेन्टको खेलहरु हुँदैछन् ।
–गल्फ गोकर्ण फरेस्ट गल्फ क्लबमा मंगलबारदेखि जारी छ ।
–टेबल टेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी छ ।
–टेनिस सातदोबाटोमा जारी छ ।
–ट्रायथलनमा बुधबार मिक्स टिम रिलेतर्फ १ स्वर्णको लागि खेल हुनेछ ।
–ह्यान्डबल बुधबार सुरु हुनेछ ।
–साइक्लिङ पनि बुधबारबाट सुरु हुँदैछ ।
–कबड्डी पनि बुधबारदेखि सुरु हुँदैछ ।
प्रकाशित | १८ मंसिर २०७६, बुधबार ०९:२९