शिवमाया जिल्लाकै एक्ली महिला वडाध्यक्ष

खोटाङ : साकेला गाउँपालिका–३ खिदिमामा निर्वाचित वडाध्यक्ष शिवकला राई जिल्लाकै पहिलो र एक मात्र महिला वडाध्यक्ष बनेकी छन्। दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये ७८ वडामा पुरुष वडाध्यक्ष हुँदा शनिबार सम्पन्न उपनिर्वाचनमार्फत उनी जिल्लामै एक मात्र महिला वडाध्यक्षको इतिहास रच्न सफल भएकी हुन्।

तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित पति मणिकुमार राईको निमोनियाका कारण गत वैशाख ९ गते मृत्यु भएपछि रिक्त पदपूर्तिका लागि गरिएको उपनिर्वाचनमा नेकपाले सहानुभूतिस्वरूप उम्मेदवार उठाएपछि शिवकला वडाध्यक्षमा निर्वाचित भएकी हुन्।

स्थानीय निर्वाचन २०४९ र २०५४ मा पनि पुरुष मात्र वडाध्यक्ष भएको जिल्लामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा कुनै दलले महिलालाई वडाध्यक्षमा उठाएका थिएनन्। शिवकलाले भने आफ्नै पतिको निधन भएपछि वडाध्यक्षको कुर्सीमा पुग्ने अवसर पाएकी हुन्। आजको नागरिक दैनिकमा खवर छ ।


प्रकाशित | १६ मंसिर २०७६, सोमबार ०८:३०