नयाँ नेपाल लघुवित्तको नाफा ९३ प्रतिशतले बढ्यो

काठमाडौं : नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले ९३.०२ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा २१ लाख ९४ हजार नाफा गरेको संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ लाख ३५ हजार रुपैयाँ नाफा गरेको हो ।

साउनदेखि असोजसम्ममा संस्थाले १७ करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ भने ९८ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा दुवैमा वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा संस्थाले ८ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो भने ४३ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

हाल संस्थाको चुक्ता पुँजी ८ करोड ४० लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी(वार्षिकीकरण गर्दा) २०.१६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९९.०१, प्रतिसेयर नेटवर्थ १५७.५०, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३३७.१२ रुपैयाँ र तरलता अनुपात ११.५८ छ ।


प्रकाशित | २० कार्तिक २०७६, बुधबार ०८:२९