सेफ प्रेमलाल घिसिङको नेपाली रैथानी खानाको खोजी कार्य जारी, यात्रा गर्न आर्थिक कठिनाई, सहयोगको अपिल

काठमाडौं :  नेपाली रैथाने खानाको खोजीमा हिड्नु भएको प्रेम लामालाई आर्थिक कठिनाई भएपछि यात्रा गर्न कठिन भएको छ । रैथानी खानाको खोजीको निम्ति निस्केको ३५ दिन पुरा गरिसक्नु भएको लामालाई आर्थिक कठिनाई भएको हो ।

आज लामा गोरखा जिल्लाको बारपाकबाट पोखरामा जाँदै हुनुहुन्छ । लामाले भन्नुभएको छ, ‘मेरो पुर्ब देखि पश्चिम महाकाली सम्मको १०१ दिनको नेपाली खाना यात्रा हो । हरेक ठाउँ भूगोल र समुदायको खानाको खोजि गर्नु मेरो मुख्य कार्य योजना हो । ती हाम्रो पुर्खाहरुले बनाएर खाएको मौलिक,अर्गानिक र स्वस्थ खाना आजभोली हराउदै गएकोले त्यस्लाइ गाउँ बस्तिमा गएर संकलन गरेर एउटा किताब र भिडियो डकुमेन्ट्री बनाएर पछिको हाम्रो सन्ततिले पनि हेरेर बनाउन सकोस भनेर मैले आफ्नै खर्चमा यो काम सुरु गरेको हुँ ।’

लामाले थप्दै भन्नुभएको छ, ‘ लगभग ५० लाख खर्च हुने भएको छ,  मेरो ब्यक्तिगत खर्च २० लाख कटिसकेको छ र मेरो यात्रा अगाडि बढ्न गाह्रो भएकाले मैले हजुर सङ्ग सहयोगको अपेक्षा गरेको छु । हजुरको सहयोग रकम मैले नेपाली मौलिक खानाको किताब र भिडियोमा राखिने छु । तपाईको सहयोगलाई अमर बनाउने छु ।

सहयोग गर्न चाहानु हुने महानुभावहरुलाई निम्न ठेगानामा गर्न सक्नहुनेछ :-

प्रेमलाल तामाङ ।

यात्राको लागि खोलेको बैंक खाता A\C # 01015140361 Siddhartha Bank , kalopul, kathmandu

phone number:9841950843

काठमाडौमा सेफ नारायण थापालिय पनि सम्पर्क गर्न सक्नु हुन्छ ।

सम्पर्क 9867059251


प्रकाशित | १८ कार्तिक २०७६, सोमबार १३:०२