काठमाडौं : नेपाली रैथाने खानाको खोजीमा हिड्नु भएको प्रेम लामालाई आर्थिक कठिनाई भएपछि यात्रा गर्न कठिन भएको छ । रैथानी खानाको खोजीको निम्ति निस्केको ३५ दिन पुरा गरिसक्नु भएको लामालाई आर्थिक कठिनाई भएको हो ।
आज लामा गोरखा जिल्लाको बारपाकबाट पोखरामा जाँदै हुनुहुन्छ । लामाले भन्नुभएको छ, ‘मेरो पुर्ब देखि पश्चिम महाकाली सम्मको १०१ दिनको नेपाली खाना यात्रा हो । हरेक ठाउँ भूगोल र समुदायको खानाको खोजि गर्नु मेरो मुख्य कार्य योजना हो । ती हाम्रो पुर्खाहरुले बनाएर खाएको मौलिक,अर्गानिक र स्वस्थ खाना आजभोली हराउदै गएकोले त्यस्लाइ गाउँ बस्तिमा गएर संकलन गरेर एउटा किताब र भिडियो डकुमेन्ट्री बनाएर पछिको हाम्रो सन्ततिले पनि हेरेर बनाउन सकोस भनेर मैले आफ्नै खर्चमा यो काम सुरु गरेको हुँ ।’
लामाले थप्दै भन्नुभएको छ, ‘ लगभग ५० लाख खर्च हुने भएको छ, मेरो ब्यक्तिगत खर्च २० लाख कटिसकेको छ र मेरो यात्रा अगाडि बढ्न गाह्रो भएकाले मैले हजुर सङ्ग सहयोगको अपेक्षा गरेको छु । हजुरको सहयोग रकम मैले नेपाली मौलिक खानाको किताब र भिडियोमा राखिने छु । तपाईको सहयोगलाई अमर बनाउने छु ।
सहयोग गर्न चाहानु हुने महानुभावहरुलाई निम्न ठेगानामा गर्न सक्नहुनेछ :-
प्रेमलाल तामाङ ।
यात्राको लागि खोलेको बैंक खाता A\C # 01015140361 Siddhartha Bank , kalopul, kathmandu
phone number:9841950843
काठमाडौमा सेफ नारायण थापालिय पनि सम्पर्क गर्न सक्नु हुन्छ ।
सम्पर्क 9867059251
प्रकाशित | १८ कार्तिक २०७६, सोमबार १३:०२