एनआरएनए नवनिर्वाचीत कार्यसमितिले बढायो सक्रियता, दैनीक नयाँ उपलब्धीमा केन्द्रित हुँदै

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) नयाँ कार्यसमितिले आफनो सक्रियता बढाउँदै लगेको छ । नवौ विश्व सम्मेलनबाट कुमार पन्तको नेतृत्वमा नवनिर्वाचीत कार्यसमितिले आफनो बलियो सक्रियता देखाउँदै आगामी एनआरएनएका मार्गचित्र कोर्न ब्यस्त देखिएको हो । विशेष गरि सरकारी निकाय तथा विभिन्न वित्तिय संघसंस्थासँगको सम्बन्ध, सहकार्य र आपसी सझदारीमा केन्द्रित हुँदै नयाँ कार्यसमितिले नयाँ ढंगले कामको थालनी गरेको हो ।

नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय र एनआरएनएबीच १७ बुँदे समझदारी पत्रमा हस्ताक्षर

नयाँ कार्यसमितिले सबैभन्दा उपलब्धीका रुपमा नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच समझदारी गर्न सफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थीतिमा आइतबार नेपाल पर्यटन बोर्डमा सचिवालयका संयोजक सुरज वैद्य र एनआरएनए अध्यक्ष कुमार पन्तले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

समझदारीमा विश्वभरबाट हरेक गैरआवासीय नेपालीले एक जना विदेशी साथी नेपाल भ्रमणमा पठाउने र त्यसको रेकर्ड दुवै पक्षले राख्ने समझदारी भएको छ । सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघसंस्थालाई सम्मान गर्नका लागि सचिवालयले नेपाल सरकारसमक्ष सिफारिस गर्ने समझदारीसमेत भएको छ ।

नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक सम्पन्न

-श्रमिक कल्याणकारी कोषका लागी १ करोड ६ लाख रुपैयाँ प्रदानः

गैरआवासीय नेपाली संघको नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकमा सदस्यहरुले वैदेशिक रोजगारिमा पिडितहरुलाई सहयोग गर्ने हेतुले स्थापित श्रमिक कल्याणकारी कोषका लागि रु १ करोड ६ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवध्दता गरेका छन् । संघका अध्यक्ष कुमार पन्तको प्रस्तावमा संघका नवनिर्वाचित पदाधिकारी एवं सदस्यले सो रकम दिने घोषणा गरेका हुन् । स्मरण रहोस यस कोषबाट एक निश्चित मापदण्डका आधारमा विदेशमा रोजगारीका दौरानमा पिडितहरुलाई सहयोग गर्दै आएको छ ।

सम्पन्न बैठकले १९ वटा एजेन्डामाथि बृहत छलफल गरेको थियो । बैठकले यस अघिनै थालिएका कार्यक्रम र शुरु गरिएका पहलहरुलाई निरन्तरता दिँदै विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० मा सहकार्य गर्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति गठन गरेको छ । यस्तै पुर्वाधार विकाशका लागि रु १० अर्बको लगानी भित्र्याउने अभियान अगाडी बढाउन अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक समिति बनाई १ महिनाभित्र कार्य योजना प्रस्तुत गर्न बैठकले निर्णय गरेको छ ।

संघको निर्वाचन विधुतिय पद्दतीबाट प्रत्यक्ष मतदान मार्फत गर्न र निशुल्क सदस्यता बारे अध्यन गर्न उपाध्यक्ष मन केसीको संयोजकत्वमा एक समिति गठन गरेको छ र यस समितिमा महासचिव डा. हेमराज शर्मा, सचिव गौरीराज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठ रहनु भएको छ । महासचिव डा। हेमराज शर्माको संयोजकत्वमा विशेष महाधिवेशन बोलाउने तयारी गर्ने निर्णय समेत गरेको छ । विशेष महाधिवेशनले संघको संस्थागत संरचना र निर्वाचन प्रणालीको परिवर्तन गर्नेछ। संघको काठमाडौ स्थित सचिवालयलाई चुस्त बनाउन डा। हेमराज शर्माको नेतृत्वमा एक समिति गठन गरेको छ।

सँस्थाको आर्थिक प्रतिवेदन तयार गर्न कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा एक समिति निर्माण गर्ने निर्णय गरेको छ। आगामी २ वर्षका लागि मार्गचित्र कोर्न निकट भविष्यमा एक कार्यशालाको आयोजना गर्ने भएको छ।

संघमा अब ५ बिभाग

बैठकले ५ उपाध्यक्षहरुको नेतृत्वमा ५ विभाग (वैदेशिक रोजगार, परोपकारी तथा मावकल्याण, व्यवपार तथा लगानी, सिप, ज्ञान, र नबप्रवर्तन, नेपाल प्रवर्धन) निर्माण गर्ने र बिभागमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु र सम्बन्धित क्षेत्रका विज्ञहरुको रहने ब्यबस्था गरेको छ। एनआरएनए फाउण्डेसन स्थापना गरी सबै परोपकारी कार्यक्रम यसै फाउण्डेसन मार्फत एकद्वार प्रणालीबाट गर्ने निर्णय गरेको छ । एनआरएन विज्ञ सम्मेलनलाई निरन्तरता दिँदै दोश्रो विज्ञ सम्मेलन सन २०२० गर्ने निर्णय गरिएको छ । त्यस्तै संघको अगामी क्षेत्रीय सम्मेलन मध्यपूर्वमा आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ ।

संघका संरक्षक परिषद गठन

बैठकले गैरआवासीय नेपाली संघको संरक्षक परिषद्को सदस्य समेत चयन गरेको छ । परिषदमा प्रमुख संरक्षक डा। शेष घले र अन्य संरक्षकहरुमा पूर्व अध्यक्ष द्वय देवमान हिराचन र जीवा लामिछाने, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्व संरक्षक रामप्रताप थापा रहनु हुनेछ । वैठकले संस्थापक अध्यक्ष डा। उपेन्द्र महतोलाई संघको उच्च वरियतामा राख्ने समेत निर्णय गरेको छ ।

सल्लाहकार समिति गठन

आज बसेको बैठकले गैरआवासीय नेपाली संघको ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सो समितिमा निवर्तमान उपाध्यक्ष कुल आचार्य (यु के), सपिला राजभण्डारी (रसिया), रामेश्वर शाह (नेपाल), टीबी कार्की (कतार), सोम सापकोटा (माल्टा), त्रिलोक गुरुङ (हङ्कङ), विश्व आदर्श पण्डित (युके), पुष्प तिमल्सिना (स्पेन), जमुना गुरुङ (अष्ट्रेलिया), एसी शेर्पा (अमेरिका), र हरिबोल भण्डारी (अमेरिका) रहनुहुनेछ ।

वैठक अत्यन्त सौहार्धपुर्ण वातावरणमा भएको थियो र वैठकमा अव निर्वाचन सकिएको, चुनावको बेला बनिएका र गरिएका कुरा बिर्सिएर अवका दिनमा एक ढिक्का भएर अघि बढ्ने विषयमा समेत समझदारी भएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावालीसँग भेटघाटः

मिति २२ अक्टोवरका दिन गैरआवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष कुमार पन्तको नेतृत्वमा संघका पदाधिकारीहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावाली तथा पदाधिकारीहरु संग भेट गरी संघले निर्माण गरिरहेको लाप्राक नमूना वस्ती सम्बन्धमा छलफल गर्यो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत ज्ञावालीले संघका सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिंदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भयो । उले संघले निर्माण गरिरहेको लाप्राक नमूना बस्ती निर्माणमा आर्थिक तथा भौतिक सहयोग पु¥याउन हुने सम्पूर्ण सहयोगदाताहरु प्रति प्राधिकरणको तर्फबाट धन्यवाद व्यक्त गर्दै निर्माण कार्य लाभग्राहिहरुलाई हस्तान्तरण गर्न संघका निवर्तमान कार्यसमितिसंग भएको सम्झौता बारे अवगत गराउनु भयो ।

उहाँले संघले निर्माण गर्न जिम्मा लिएको आवासहरुको निर्माण अन्तिम चरणमा पुगेको भएता पनि केहि कार्य बाकि रहेकाले प्राधिकारण, गाउपालिका र संघको संयुक्त प्रतिनिधित्व हुने गरी एक प्राविधिक टोली गठन गरी सो टोली मार्फत आवास तथा शौचालय निर्माणको बाकी लागत अनुमान गरी सो वापतको रकम गाउ“पालिकाको खातामा संघले जम्मा गरी गाउपालिका मार्फत सो काम गराउने र बाकी पूर्वाधारहरुको लागत समेत तयार गरी सो कार्यको लागि संघ, गाउपालिका र प्राधिकरणले कति रकम विनियोजन गर्न सक्छ भनि निरक्यौल गरी सोहि बमोजिम गर्ने सकिने वताउनु भयो ।

संघका अध्यक्ष कुमार पन्तले बस्ती निर्माणमा प्राधिकरणको धैर्यता र सहयोगको लागि धन्यवाद व्यक्त गर्नु भयो र विश्वभरिबाट दाताहरुको सहयोगबाट निर्माण गरिएको वस्ती अन्तिम चरणमा पुगेकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण दाताहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । बस्तीका लाभग्राहिहरुलाई आगामी दिनमा संघले के कस्तो सहयोगहरु गर्न सक्छ भनि संघले संधै चिन्तन गर्ने र सक्दो सहयोग गर्ने जानकारी दिनु भयो ।

भेटघाट कार्यक्रममा संघका उपध्यक्ष डा। बद्री केसी, अर्जुन कुमार श्रेष्ठ र सोनाम लामा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठका साथै प्रमुख कार्यकारी अधिकृतको सहभागीता रहेको थियो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा एनआरएन बोर्डका अध्यक्षसँग भेटभाट

गैरआवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष कुमार पन्तको नेतृत्वमा संघका पदाधिकारीहरुले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा एनआरएन बोर्डका अध्यक्ष पुष्प राज कंडेल संग भेट गर्नु भयो ।

उपाध्यक्ष पुष्प राज कंडेलले संघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको लागी शुभकामना दिंदै बिभिन्न कठिनाईहरुका बावजुत पनि सफल रुपमा निर्वाचन सम्पन्न गराई नयाँ नेतृत्व चयन गर्न सफल भएकोमा एनआरएन बोर्डको अध्यक्षको रुपमा आफू निकै खुशी तथा गौरवान्नवित भएको महशूस भएको बताउनुभयो ।

उहाँले राष्ट्रिय योजना आयोगले केहि पहिला मात्र १५ औं राष्ट्रिय योजना तयार पारेको बताउदै त्यस योजनामा सम्वाहक तथा सहयोगी शक्तीको रुपमा गैर आवासीय नेपालीहरु र नेपालको ख्यातिलाई पहिचान गरी आवश्यक सहकार्य र सहयोगको वातावरण बनाउन आयोग कटिवद्ध रहेको औंल्याउदै गैरआवासी नेपालीहरुलाई उपयुक्त भूमिका प्रदान गर्ने र त्यसका लागी आवश्यक बातावरण तयार गर्न आयोग तयार रहेको जानकारी दिनुभयो ।

आयोगका उपाध्यक्षले गरी केहि सहकार्यहरु भईरहेको र यसको अगुवाई परराष्ट्र मन्त्रालयले गरिरहेको जानकारी गराउनु भयो । उहाले संघ संग छलफल गरी कस्तो प्रकारको र कसरी सहकार्य गर्न सकिन्छ भनि एउटा मार्ग चित्र तयार पार्न सुझाव राख्दै बिज्ञता हासिल गरेका गैरआवासीय नेपालीहरुलाई पनि एउटा मापदण्ड तयार गरी करारमा नियुक्ती दिन समेत आयोगको सोच रहेका जनाउनुभयो ।

सो अवसरमा संघका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपालीहरुले हासिल गरेका ज्ञान तथा सिप नेपालको सम्वृद्धिमा परिचालन गर्ने उदेश्य अनुरुप संघले आयोजना गरेको र यसलाई निरन्तरता दिने तथा संघले नेपाल सरकार संग सम्झौता गरी गैरआवासीय नेपालीहरु मार्फत १० अरब भन्दा माथिको लगानी योग्य पूँजी नेपाल भित्र्याउन आवश्यक पहलहरु गरिरहेको वताउनु भयो । उहाले हालै सम्पन्न गैरआवासीय नेपाली संघको निर्वाचमा देखिएको राजनीतिक हस्तक्षेपबाट संघलाई मुक्त गर्न अव उप्रान्त गैरआवासीय नेपालीहरु बसोबास गर्ने देशबाटै विद्युतिय प्रणलीमार्फत निर्वाचनको व्यवस्था मिलाउने समेत जानकारी गराउनु भयो ।

संघका प्रतिनिधिहरुले विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरुको लगाव नेपाल प्रति बढाउन उनीहरुलाई नेपालमै आई गर्ने व्यवस्थाको लागी सहजिकरण गरिदिन गरेको अनुरोधको सरहाना गर्दै यस प्रति के गर्न सकिन्छ भनि अध्ययन गर्न आयोग तयार रहेको उपध्यक्षले वताउनु भयो ।

भेटघाट कार्यक्रममा संघका उपध्यक्ष अर्जुन कुमार श्रेष्ठ र सोनाम लामा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठका साथै प्रमुख कार्यकारी अधिकृतको सहभागीता रहेको थियो ।

गैरआवासीय नेपाली संघ र नेपाल उद्योग परिसंघबीच सहकार्य गर्ने सहमति

गैरआवासीय नेपाली संघका पदाधिकारी र नेपाल उद्योग परिसंघलका पदाधिकारीबीच बुधबारको दिन नेपाल उद्योग परिसंघको कार्यालयमा सहकार्यको लागि एक बैठक बसेको छ । उक्त वैठकमा संघका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षलाई स्वागत गरिएको थियो । वैठकमा आपसी सहयोग र सहकार्य बढाउने वारे व्यापक छलफल भयो ।

छलफल विशेष नेपालमा लगानी प्रवर्धन, विदेशबाट ज्ञान सिप प्रविधि हस्तान्तरण र गैरआवासीय नेपालीहरुलाई नेपालको आर्थिक विकासमा सहभागी बनाउने बारे केन्द्रित थियो । वैठकमा नेपाल उद्योग परिसंघका तर्फबाट संयुक्त सहकार्यको विषयमा गैरआवासीय नेपाली संघसंग सहकार्य गर्ने इच्छा प्रकट गरियो ।

वैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाल उद्योग परिसंघसंग मिलेर काम गर्न र परिणाम देखाउन आफु इच्छुक भएको धारणा ब्यक्त गर्नु भयो । वैठककै अवसर पारेर दुई संस्था वीच सहकार्य गर्ने सम्बन्धमा एक सहमति पत्रमा समेत हस्ताक्षर गरियो । उक्त सहमति पत्रमा गैरआवासीय नेपाली संघका तर्फबाट अध्यक्ष कुमार पन्त र नेपाल उद्योग परिसंघको तर्फबाट अध्यक्ष सतिश कुमार मोरले हस्ताक्षर गर्नु भयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघको तर्फबाट उपाध्यक्ष डा. बद्री केसी, प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडी र नेपाल उद्योग परिसंघको तर्फबाट नि। वर्तमान अध्यक्ष, उपध्यक्षहरु, कार्य समिति सदस्यहरु, महानिर्देशक र निर्देशक समेतको सहभागिता थियो ।


प्रकाशित | ७ कार्तिक २०७६, बिहीबार २२:३१