सूर्यविनायकका २१ ज्येष्ठ नागरिक सम्मानीत, ज्येष्ठ नागरिकलाई अपमान गरिए नगरबाट उपलब्ध सेवा सुविधाबाट बञ्जित गरिने

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिकाका विभिन्न वडाका ज्येष्ठ नागरिक सम्मानीत हुनुभएको छ । नगरपालिकाका १० वडाका प्रत्येक वडाबाट दुई जनाको दरले २० जना र समाजमा आफै ज्येष्ठ नागरिक भएर पनि सामाजीक कार्य गर्दै आउनुभएको एक गरि २१ जना ज्येष्ठ नागरिक सम्मानीत हुनुभएको हो ।

सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुहुँदै नगरपालिकाले ज्येष्ठ नागरिक सम्मानको लागि विशेष प्याकेज लिएर अगाडि बढिरहेको बताउनुभयो ।

नगरपालिका हरेक गतिविधीमा सक्रियतापूर्वक लागिपरेको भन्दै मेयर थापाले ज्येष्ठ नागरिकलाई थप जीवन जीउनको लागि हौसल्ला रुवस्प सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाले ज्येष्ठ नागरिकलाई अपमान गर्ने घर परिवारका सदस्य तथा कुनै पनि अभिभावकलाई अपमान गर्नेलाई सेवा सुविधामा रोक लगाएको बताउँदै नपा जहिल्य पनि ज्येष्ठ नागरिकको पक्षमा रहेको बताउनुभयो ।

ज्येष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा आफू निकै खुसी र उत्साहीत भएको भन्दै मेयर थापाले ज्येष्ठ नागरिकलाई हेला, होचो र अपमान गर्नेउपर नगरपालिका निकै कडा रुपमा प्रस्तुत भइरहेको विचार समेत ब्यक्त गर्नुभयो ।

अन्तराष्टिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नगरपालिका अन्तर्गतको सामाजिक विकास समितिको आयोजनामा भएको सो सम्मान कार्यक्रम संयोजक किरण थापाले ज्येष्ठ नागरिकलाई विभिन्न कार्यक्रमार्फत ज्येष्ठ नागरिकको मनोबल बढाउने कार्य नपाले गरिरहेको जानकारी गराउनुभयो ।

नगरपालिका सामाजिक विकास समिति संयोजक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नपाका उपमेयर जुना बस्नेत, प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, विभिन्न वडाका वडाध्यक्षहरुको सहभागिता थियो ।

वडाध्यक्ष उपेन्द्रराज केसीले सञ्चालन गर्नुभएको कार्यक्रममा अर्का वडाध्यक्ष रविन्द्र सापकोटा र नेपाल पत्रकार महासंघ भक्तपुरका सभापति पुस्कर राज बुढाथोकीले पनि बोल्नुभएको थियो ।


प्रकाशित | १४ आश्विन २०७६, मंगलवार १६:५३