एनआरएनए कोषाध्यक्ष उम्मेदवार महेश श्रेष्ठका चार मन्त्र: पारदर्शीता, इमानदारीता, मितब्ययिता र ठोस कार्ययोजना

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए ) कोषाध्यक्षका उम्मेदवार महेश श्रेष्ठले संस्थालाई अगाडि बढाउन चार मन्त्र प्रस्तुत गर्नुभएको छ । जापानबाट आइसिसी कोषाध्यक्षमा उम्मेदवार घोषणा गर्नुभएको श्रेष्ठले संस्थामा ‘पारदर्शीता, इमानदारीता, मितब्ययिता र ठोस कार्ययोजना’ मन्त्र अगाडि सार्नुभएको हो ।

संघको अगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन लागिरहेको नवौ विश्व सम्मेलनमा जापानबाट आइसिसी कोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको श्रेष्ठले चार मन्त्रसहित विभिन्न प्रतिबद्धतासमेत सार्वजनीक गरिसक्नु भएको छ । श्रेष्ठले विशेष गरि एनआरएनको श्रमीक कल्याणकारी कोषलाई ब्यवस्थित बनाउने र कोषलाई श्रमीक वर्गको हितमा परिचालन गर्ने गरि आफनो कार्ययोजना अगाडि सार्नुभएको छ ।

सो कोष तत्कालीन अध्यक्ष शेष घलेको पालामा सन २०१५ मा स्थापना गरिएको थियो । एनआरएनको प्रमुख मद्दा श्रमीक वर्गमा केन्द्रित हुनुपर्ने भन्दै तत्कालीन अध्यक्ष घलेको पालामा स्थापना गरिएको सो कोषलाई ब्यवस्थित बनाउने मात्र नभई कोषलाई बलियो बनाएर उपयोग गर्नेसहितको कार्ययोजना श्रेष्ठले अगाडि सार्नुभएको हो ।

विगत १३ वर्ष अघि देखि गैरआवासीय नेपाली संघको अभियानमा सक्रियतापूर्वक लाग्दै आउनुभएको श्रेष्ठले अहिलेसम्म हासिल गर्नुभएको अनुभवको आधारमा संस्थालाई अगाडि बढाउन सहयोग गर्ने गरि कार्ययोजना अगाडि सार्नुभएको हो । । श्रेष्ठले वार्षिक ८ करोड रुपैयाँ संकलन हुनेगरि गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्ने र उक्त कोषको स्थापना तथा सञ्चालनका लागि संवन्धित पक्षहरुसंग छलफल अगाडी बढ्ने प्रतिबद्धता समेत सार्वजनीक गर्नुभएको छ ।

बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका श्रेष्ठ नेपाल एनआरएनभित्रको एक प्रभावशाली व्यक्तित्वका रुपमा चिनिनुहुन्छ ।  श्रेष्ठले एनआरएनएको एउटा जिम्मेवार सदस्यको नाताले यो अभियानलाई थप अगाडि बढाउन नेत्तृत्व तहमा बसेर काम गर्न सक्छु भन्ने विश्वासका साथ कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

बिगत धेरै वर्षदेखि फाईनान्सियल सेक्टरमा काम गरेको अनुभवलाई सही रुपमा उपयोग गर्न सकिने पद कोषाध्यक्ष नै भएकोले सो पदको लागि आफ्नो उम्मेदवारी उपयुक्त हुने बताउनुभयो ।

उहाँले सरकारी र सामाजिक क्षेत्रमा पनि उत्तीकै सक्रिय हुनुहुन्छ । नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिका सदस्य समेत भइसक्नु भएको छ । पर्वतको कुश्माबाट प्रारम्भिक शिक्षादेखि माध्यमिकसम्मको अध्ययन सक्नु भएको उहाँले सोसोलोजी र एन्थ्रोपोलोजीमा स्नाकोत्तर गर्नुभएको छ ।

यस्तै सिभिल इन्जिनियरिङमा डिप्लोमा गर्नुभएको श्रेष्ठ हाल जापानको काएचु विश्वविद्यालयमा पीएचडी हासिल गर्ने क्रममा हुनुहुन्छ । जापानस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानको सीईओ, तोनान कम्पनीको अध्यक्ष, सीटी एक्सप्रेस कनेक्टको निर्देशक, एसबिआई सिटी एस्प्रेस गोलोवलका निर्देशक समेत रहनु हुन्छ । उहाँ जेएनएन एग्रो कम्पनीका डाइरेक्टर पनि हुनुहुन्छ ।

उहाँको नेपालमा विभिन्न वैंकहरु, सिटी फाइनान्स, सिटी एक्सप्रेस मनि ट्रान्सफर सिटी ट्राभल एण्ड टुर, आइटी, आयात तथा निर्यात कम्पनि, र विभिन्न हाइड्रोपावरमा समेत लगानी रहेको छ । श्रेष्ठले एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोजी देखि वर्तमान अध्यक्ष भवन भट्टसम्मको एनआरएनएको अभियानमा महत्वपूर्ण भूमिका खेल्नु भएको छ ।

उहाँले नेपालको संविधानको धारा २९१ ले बिदेशमा स्थायी बसोबास भिसा लिएकाहरुलाई ठूलो अन्याय गरेको भन्दै सर्बोच्च अदालतमा मुद्धा समेत दायर गर्नुभएको छ । श्रेष्ठले भन्नुभयो, ‘संविधानले बिदेशमा स्थायी बसोबास भिसा लिएर बसेकाप्रति विभेदपूर्ण व्यवस्था गरेको छ । त्यसका बिरुद्ध गैर आवासीय नेपालीहरुको हकहित र अधिकारको लागि कानुनी लडाई जारी छ ।

एनआरएनए अभियानमा योगदान :-

. केन्द्रीय सदस्य NRNA (२०१७-०१९ )

२. संयोजक: नेपालको संविधानमा एनआरएनका अधिकार सम्वन्धी समिति (२०१७-०१९ )

३. क्षेत्रिय संयोजक: एनआरएनएको विधान संसोधन तथा निमावली निर्माण सुझाव समिति (२०१७-०१९ )

४. सदस्य : एनआरएनएको विधान संसोधन तथा निमावली निर्माण सुझाव समिति (२००७-०९ , २०१३-२०१७ )

५. सह -संयोजक : व्यापार तथा लगानी प्रवर्धन समिति (२०१७-०१९ )

. सदस्य : व्यापार तथा लगानी प्रवर्धन समिति ((२०१३-०१७ )

यस्ता छन् प्रतिवद्दताहरू:-

१. वार्षिक ८ करोड रुपैयाँ संकलन हुनेगरि गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्नेछु । उक्त कोषको स्थापना तथा सञ्चालनका लागि संवन्धित पक्षहरुसंग छलफल अगाडी बढाई सकिएको छ०

२. गैरआवासीय नेपाली संघ ९एनआरएनए०को आर्थिक हिसाब किताब अझ वैज्ञानिक तथा पारदर्शी रुपमा राखिने छ । आर्थिक हिसाब किताब अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजिटलाइज गरिनेछ । संघको अनुमातिक वार्षिक आय–व्यय तय गरी खर्चको विवरण प्रत्येक ३ महिनामा वेबसाइट मार्फत सार्वजनिक गरिनेछ।

३. संघको काठमाडौं स्थित सचिवालयको खर्चमा मितव्ययिता अपनाई अझ व्यवस्थित बनाउनेछ साथै आर्थिक स्थायित्वको लागि आवश्यक नयाँ नीतिहरु तर्जुमा गर्नेछु ।

. गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रिय महाधिवेशन एवं क्षेत्रीय बैठकहरुमा हुने खर्च तथा संघले सञ्चालन गर्ने परियोजनाहरुमा गरिने खर्चहरुमा मितव्ययिता, पारदर्शिता एवं आर्थिक अुशासन कायम गरिने छ ।

५. सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नु पर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि वैकल्पिक स्रोतको खोजी गरिनेछ ।

. रु. १० अर्बको संयुक्त लगानी कोष स्थापना गरी थोरै आम्दानी हुने गैरआवासीय नेपालीहरुले पनि लगानी गर्न सक्ने वातावरण तयार गरिने छ ।

. खेलकुद अनि नेपाली भाषा, साहित्य र संस्कृतिलाई विशेष प्राथमिकता क्षेत्रमा राखिनेछ । युवा, महिला तथा दोस्रो पुस्ता पछि का गैरआवासीय नेपालीहरुको समस्या, चुनौति र अवसरका वारेमा गहन अध्ययन गरी स्वेतपत्र जारी गरिनेछ ।

. भिजन २०२० एण्ड वियोण्ड एनआरएनका लागि मार्गदर्शक सिद्धान्त हो । विश्वभर छरिएर रहेका विभिन्न पेशा, वर्ग, क्षेत्र र विभिन्न समुदायका ६० लाख भन्दा बढी गैरआवासीय नेपालीहरुको साझा संगठनका रुप मा एनआरएनएलाई अघि बढाउन यसको सांगठनिक संरचना मा आवश्यकता अनुरुप परिवर्तन र परिमार्जन गरिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।

९. संघका मुख्य आधार स्तम्भहरु NRNA Foundation, Policy Institute, Knowledge and Skill Academy, Businesses and Investment Forum, Migration & Foreign Workers Welfare committee/Women and Youth Forum लाई मुख्य आधार बनाएर संघको उद्देश्य प्राप्तिको लागि आर्थिक योजनाहरु तर्जुमा गरिनेछ ।

१०.नेपालको संविधानको धारा २९१ ले विदेशमा स्थायी बसोबास अनुमति लिएका नेपाली नागरिकहरुको लागि गरेको व्यवस्थाको विरोधमा म सदैव लडिरहेको छु । संविधानको यसै धारा विरुद्ध मैले सर्वोच्च अदालतमा रिट समेत हालेको कुरा तपाई सबैलाई अवगत नै होला । म गैरआवासीय नेपालीहरुको हकहित र उनीहरुको नागरिकता तथा सम्पतिको अधिकार प्राप्तिको लडाईमा सदैव साथ रहिरहने छु । त्यसैगरी विदेशमा रहनु हुने नेपाली नागरिकको मतदानको अधिकारका लागि पनि वुलन्द आवाज उठाइ रहनेछु ।


प्रकाशित | ९ आश्विन २०७६, बिहीबार १८:५७