एनआरएनए आइसिसीको तल्लो पदमा बसेर धेरै काम गर्ने चाहाना छ: एसी शेर्पा, सह-कोषाध्यक्ष उम्मेदवार

न्यूर्योक: गैर आवासीय नेपाली संघ (एनआरएनए ) सहकोषाध्यक्षका उम्मेदवार एसी शेर्पाले आइसिसीको तल्लो पदमा बसेर धेरै काम गर्ने चाहाना रहेको बताउनुभएको छ । एनआरएन निरन्तर चल्ने अभियान भएकाले तल्लो पदमा बसेर पनि धेरै काम गर्ने चाहना रहेको शेर्पाले बताउनुभएको हो ।

आफनो उम्मेदवारी ‘आर्थिक अनुसाशन, पारदर्शिता र श्रोत बिकासको’ लागि भएको बताउँदै शेर्पाले पद सानो ठूलो  कहिल्यै नहुने समेत बताउनुभयो ।

‘पद सानो ठूलो हुँदैन, ठूलो कुरा पदमा बसेर जिम्मेवारी निर्वाह गरियो कि गरिएन भन्ने हुन्छ’, शेर्पाले भन्नुभयो, ‘एकैचोटी माथिल्लो पदमा रोज्ने भन्दा सानै पदमा बसेर पनि ठूलो काम गर्न सकिएमा त्यो राम्रो हुन्छ भन्ने मेरो विचार हो ।’

शेर्पालाई विश्वभरीबाट साथ र सहयोगको प्रतिक्रिया सँगै तपाई जस्तो मान्छे अझै माथिल्लो पदमा उठनुपर्ने जस्ता सकारात्मक सुझाव आइरहेको बताउँदै आफू गफमा भन्दा बढी काममा केन्द्रित हुने भएकाले तल्लो पदमा रहेर पनि धेरै काम गरेर देखाउने बताउनुभयो ।

एनआरएनको अनुभव, योगदान, अन्य विभिन्न कार्यक्षेत्रलाई तुलना गर्दा शेर्पा निकै माथिल्लो तहको ब्यक्तीत्वको रुपमा परिचित हुनुहुन्छ । त्यसमा पनि आइसिसीको सबैभन्दा तल्लो पदमा रहेर काम गर्ने चाहानबमोजीम सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएपछि शेर्पाको पक्षमा विश्वभरिबाट माहौल देखिएको हो ।

तल्लो तहमा बसेरै पनि धेरै काम गर्न सकिन्छ भन्दै शेर्पाले आफूले सहकोषाध्क्षमा उम्मेदवारी दिएको बताउनुभयो । एनआरएनए संस्थाको संस्थागत योगदानलाई हेर्ने हो भने शेर्पाको योगदान नेतृत्व गर्ने वा उपाध्यक्षमा दाबेदारी गर्नेहरुको भन्दा कम छैन । यद्यपी एनआरएन अभियान लामो र निरन्तर चल्ने प्रक्रिया भएकाले आइसिसी पदाधिकारीको तल्लो पदबाट उम्मेदवारी  दिन लागेको  शेर्पाले बताउनुभयो ।

शेर्पाले सहकोषाध्यक्षको काम कोषाध्यक्षसँग मिलेर काम गर्ने भएको बताउँदै भन्नुभएको छ, ‘संघका कोषाध्यक्षको काम कोषको संचालन र कन्ट्रोल गर्नु हो । एनआरएनए विधानमा लेखिएका भन्दा धेरै काम संघको हितमा गर्न सकिन्छ भन्ने मलाई विश्वास छ।’

गैर आवासीय नेपाली संघ २००३ मा स्थापना भयो । एसी शेर्पा संघको स्थापना सँगै सक्रियतापूर्वक एनआरएन अभियानमा लाग्नुभयो । स्थापनाकालदेखि नै लाग्नुभएको एसीको यो अभियानमा ठूलो योगदान छ ।

एनआरएनका विभिन्न भुमिकामा रहेर काम समेत गरिसक्नु भएको शेर्पाले सन् (२०१५–२०१७ ) मा एनआरएन अमेरिकाज् क्षेत्रको क्षेत्रीय उपसंयोजक डिआरसी पदमा रही कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ ।

साथै नेपालको कुनै पनि प्राकृतिक विपत्तिमा एसीले महत्वपूर्ण सहयोग पुर्याउँदै आउनुभएको छ । नेपालमा भूकम्प जाँदादेखि नेपालमा भएको नाकाबन्दी हुँदै, तराईमा आएको बाढीलगायतका हरेक प्राकृतिक विपत्तिमा एसीको योगदान महत्वपूर्ण रहेको छ ।


प्रकाशित | ६ आश्विन २०७६, सोमबार ०८:५३