विश्वकपका लागि अष्ट्रेलियाको जर्सी सार्वजनिक

एजेन्सी : एकदिवसिय विश्वकपको लागि अष्ट्रेलियाले आफ्नो जर्सी सार्वजनिक गरेको छ । समर्थकहरुको भोटको आधारमा अष्ट्रेलिया क्रिकेटले विश्वकपको लागि आफ्नो जर्सी सार्वजनिक गरेको हो । अष्ट्रेलियाले ७ जर्सी मतदानको लागि राखेको थियो । जसमा सन् १९९९ को विश्वकपको जर्सी समर्थकहरुले अत्याधिक मन पराएपछि अष्ट्रेलियाले यहि जर्सी आगामी महिना हुने विश्वकपको लागि छनोट गरेको जनाएको छ । उक्त जर्सीमा पहेंलो र हरियो रंगको सम्मिश्रण रहेको छ ।

सन् २०१५ विश्वकपको च्याम्पियन अष्ट्रेलिया पछिल्लो समय उत्कृष्ट प्रर्दशन गरिरहेको छ । भारतकै भुमिमा भारतलाई ३ २ र पाकिस्तानलाई ५ ० ले हराउँदै वान डे सिरिज जितेको अष्ट्रेलियाको मनोबल उच्च हुनुका साथै उपाधि दावेदार टिमको रुपमा पनि हेरिएको छ ।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार १३:५२