एनआरएनए स्पेनको अध्यक्षमा दिनेश गुरुङ (देउकाजी ) विजयी, कसको कती मत ? (विवरणसहित )

स्पेन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्पेनको छैठौ अधिबेशनबाट अध्यक्ष पदमा दिनेश गुरुङ (देउकाजी ) निर्वाचीत हुनुभएको छ । गुरुङले ६९६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचीत हुनुभएको हो । प्रतिस्पर्धी पेशल कुमार कोइरालाले ५७२ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, आइसिसी सदस्यमा एनआरएनए स्पेन निवर्तमान अध्यक्ष चिन्तामणी सापकोटाले ६४५ मत र सुनील रानाभाटले ७७१ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

खुल्ला उपाध्यक्षमा उत्तर कुमार राई र दिनेश कुमार गिरी, उपाध्यक्ष क्षेत्रमा तुलसी बहादुर गुरुङ, महासचिवमा उम राज ढकाल (राज ), खुला सचिवमा दुर्गा प्रसाद घिमिरे (लेकाली) र धुर्व भट्ट, पाईस भास्को क्षेत्र सचिवमा महानारायण चौधरी, कोषाध्यक्षमा गोविन्द प्रसाद तिमिल्सिना ( गोविन्दराज ), सहकोषाध्यक्षमा शान्ता राणा, महिला संयोजकमा मौसमी गुरुङ निर्वाचीत हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा आङ लाक्पा शेर्पा, तारानाथ अधिकारी, विदुर गौतम, भूपेन्द्र कुमार श्रेष्ठ, शालीकराम डुम्रे र सोम प्रसाद गुरुङ (युनीस ) निर्वाचीत हुनुभएको छ ।


प्रकाशित | २४ भाद्र २०७६, मंगलवार १८:५१