भक्तपुरमा फेरि भेटियो बर्डफ्लु : २ हजार २ सय कुखुरा नष्ट

भक्तपुर : भक्तपुरमा फेरि बर्डफ्लु भएको पुष्टि भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ तर्खगालमा बर्डफ्लु भेटिएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लु भएको पुष्टि भएपछि मधुराम न्यौपानेले संचालन गरेको अनुस्कृत पोल्ट्री फर्ममा रहेका २ हजार २ सय कुखुरा नष्ट गरिएको हो । मंगलबार भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र ललितपुरका बरिष्ठ पुश बिकास अधिकृत नारायण श्रेष्ठ सहित १० जनाको टोलीले कुखुरा नष्ट गरेको हो ।

बर्ड फ्लू संक्रमित क्षेत्रको चार किल्लाभित्र कुखुरा नष्ट गरी खाडलमा पुरिएको छ भने खाली खोरलाई संक्रमणमुक्त बनाएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम गरिएको छ । यसअघि गत बुधबार सोही वडाको उत्कृष्ट बहुउद्देश्यीय कृषि फर्ममा पनि बर्ड फ्लू पुष्टी भएपछि २ हजार ९ सय ८५ लेयर्स कुखुरा नष्ट गरिएको थियो ।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार ०८:०२