२४ सहकारीलाई अन्तर्राष्ट्रिय ब्राण्ड

काठमाडौं: दोलखाका ३ सहकारीसहित नेपालका २४ सहकारीले अन्तर्राष्ट्रिय ब्राण्ड प्राप्त गरेका छन् । नेपाल बचत तथा ऋण सहकारी संघ नेफ्स्कुन र एसियाली ऋण महासंघको प्राविधिक सहयोगमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुको एसियास्तरको गुणस्तर मापन कार्यक्रम अन्र्तगत यस वर्ष यि संस्थाले ब्राण्ड प्राप्त गरेका हुन् ।

ब्राण्ड प्राप्त गर्न सफल संस्थाहरु मध्ये ८ वटाले रजत सिल्भर र १६ वटाले कास्य ९ब्रोन्ज० प्राप्त गरेका छन् । एसियाली ऋण महासंघले सञ्चालन गरेको एक्सेस कार्यक्रममा सहभागी संस्थाहरुको गत साउन र भदौमा महासंघबाटै आएका स्वतन्त्र लेखापरीक्षकहरुबाट गरेको परीक्षणबाट यि संस्थाले ब्राण्ड प्राप्त गरेको नेफ्स्कुनका अध्यक्ष डीबी बस्नेतले जानकारी दिए ।

सहकारीको संस्थाको वित्तीय अवस्था, सदस्यको दृष्टिकोण, व्यवसायीक सक्षमता र सिकाइ वृद्धिलगायतका ४ विधामा रहेर प्राविधिक टोलीले एक्सेसको अन्तिम परीक्षण गरेको उनले बताए । यो समाचार आजको कारोबार दैनीकमा छ ।

एक्सेसको रजत ब्राण्ड प्राप्त गर्नेमा दोलखाका जनसचेतन साकोस काब्रे र मिलीजुली साकोस चरिकोट रहेका छन् । दुवै संस्थाले अघिल्लो वर्ष पनि रजत ब्राण्ड प्राप्त गरेकामा यस वर्ष पनि यसलाई निरन्तरता दिन सफल भए । अघिल्लो वर्ष कास्य ब्राण्ड प्राप्त गरेको चरिकोटकै हाम्रो जनकल्याण साकोसले यस वर्ष पनि त्यसलाई निरन्तरता दिन सफल भएको छ ।

रजत ब्राण्ड प्राप्त गर्ने सहकारीहरुमा काभ्रेपलाञ्चोकका विन्धाबासिनी साकोस र सामुदायिक साकोस रहेका छन् । धादिङको जनकल्याण साकोस, रुपन्देहीको जनउत्थान साकोस, सुनसरीको किसान कल्याण साकोस र मोरङको मनकामना साकोस रहेका छन् । गत वर्ष ४ वटा संस्थाले सिल्भर ब्राण्ड प्राप्त गरेकोमा यस वर्ष दोब्बर भएका छन् । गत वर्ष नेपालका २० वटा संस्थाले एक्सेस ब्राण्ड पाएका थिए ।

प्रथम स्तरको गोल्ड ब्राण्ड भने कुनै सहकारीले पनि प्राप्त गर्न सकेका छैनन् । नेफ्कुनका अध्यक्ष बस्नेतले एउटा साधारणसभा सम्बन्धि प्रतिवेदन बुझाएमा दोलखाको जनसचेतन गोल्ड ब्राण्ड प्राप्त गर्ने एसियाकै पहिलो सहकारी हुने बताए । एसियामा सबैभन्दा धेरै ब्राण्ड प्राप्त गर्ने सहकारीहरु नेपालकै भएका छन् ।

पालका ब्रोन्ज ब्राण्ड प्राप्त गर्ने अन्य सहकारीहरुमा काभ्रेपलाञ्चोकका बुडोल सामुदायिक र चण्डेश्वरी साकोस, मोरङे दाम्राभिटा र इटहरा साकोसले पनि छन् । नवलपरासीका ग्रामीण, ग्रडाकोट स्वाभिमान, किसान, परोपकार र विकु साकोसले उक्त ब्राण्ड प्रँप्त गरेका छन् । त्यसैगरी भक्तपुरको श्री बराही, सिद्धिगणेश र उपकार साकोस छन् । सुनसरीको महिला साकोस, रुपन्देहीको कोलिय देवदह र बर्दियाको सिको साकोसले पनि ब्रोन्ज ब्राण्ड प्राप्त गरेका छन् ।


प्रकाशित | १९ भाद्र २०७६, बिहीबार १२:०३