साताको शेयर : एक अर्ब ६१ करोडको कारोवार

काठमाडौं: धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्योे । यसै साता बजार ओरालो लागेर एघार सयको बिन्दुमा झरेको छ ।

बजारमा लगानीकर्ताको मनोविज्ञान नकारात्मकतातर्फ उन्मुख भएको भन्दै बजार ओरालो लागेको बताइँदै आएको छ । कारोवार रकम र नेप्सेको अवस्थाले पनि सोही कुरालाई इङ्गित गरेको छ । यस साता ६० लाख २४ हजार ९७५ कित्ता शेयर रु एक अर्ब ६१ करोड ४८ लाख ३८ हजार ३७७ मूल्यमा खरीद बिक्री भए ।

गत साताको अन्तिम दिन अर्थात् यही भदौ ५ गते बिहीबार नेप्से ०.९९ विन्दुले घटेर एक हजार २१३.०६ विन्दुमा झरेर बन्द भएको थियो । यस साताको पहिलो दिन आइतबार नेप्से ३.४५ विन्दुले घटेर एक हजार २०९.६२ विन्दुमा पग्यो । नेप्से ओरालो लाग्दा कारोवार रकमसमेत सस्तैमा समेटियो ।

कूल १७१ कम्पनीको १२ लाख ७५ हजार ६२३ कित्ता शेयर रु ३५ करोड दुई लाख ६९ हजार ५०९ मूल्यमा खरीद बिक्री भए । यस्तै सोमबार पनि नेप्से ६.४९ बिन्दुले घटेर एक हजार २०३.१३ बिन्दुमा पुग्यो । नेप्से घटेपनि कारोवार रकम भने औसतमा रह्यो । कूल १७२ कम्पनीको १६ लाख तीन हजार ३२६ कित्ता शेयर रु ३८ करोड पाँच लाख ९६ हजार ५७१ मा कारोवार भए ।

साताको तेस्रो दिन मङ्गलबार नेप्से परिसूचक उकालो लाग्यो । सो दिन नेप्से ४.८७ बिन्दुले बढेर एक हजार २०८ मा पुग्यो । कूल १६७ कम्पनीको आठ लाख ५० हजार ३८६ कित्ता शेयर रु २४ करोड ४६ लाख ६८ हजार २०९ मूल्यमा कारोवार भयो ।

यस्तै बुधबार नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । नेप्से १०.२६ अङ्कले घटेर एक हजार १९७.७५ मा झ¥यो । परिसूचक घटेपनि कारोवार भने औसत नै रह्यो । कूल १६८ कम्पनीका १३ लाख १९ हजार ८०६ कित्ता शेयर रु ३७ करोड १९ लाख ४४ हजार ४२९ मा खरीद बिक्री भए ।

साताको अन्तिम दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक पुनः झिनो अङ्कले ओरालो लाग्यो । नेप्से १.३३ अङ्कले घटेर एक हजार १९६.४१ मा सीमित भयो । नेप्से घटेसँगै कारोवार रकमसमेत सस्तैमा समेटियो । कूल १७० कम्पनीको नौ लाख ७५ हजार ८३४ कित्ता शेयर रु २७ करोड ७३ लाख ५९ हजार ६५९ मा खरीदबिक्री भए ।


प्रकाशित | १४ भाद्र २०७६, शनिबार १६:२६