क्रिकेट कमेन्टेटेर बन्दै सोनम

मुम्बई: फिल्म ‘जोया फैक्टर’ मा अभिनेत्री सोनम कपुर क्रिकेट कमेन्टेटेरको भूमिकामा देखिँदैछिन्। यो फिल्म लेखक अनुजा चौहानको उपन्यासमा आधारित छ। उपन्यासको कथामा मूल चरित्र विज्ञापन प्रबन्ध निर्देशकको विषयमा रहे पनि फिल्ममा भने क्रिकेट कमेन्टेटेरको भूमिकामा रूपान्तरण गरिएको छ। फिल्ममा सोनमको नाम जोया रहेको छ।

जोयाको पिताको भूमिकामा अनिल कपुरलाई लिने भनिए पनि सञ्जय कपुर फाइनल चएका छन्। सञ्जय सोनमकै काका हुन्। क्रिकेट कमेन्टेटेरमा मन्दिरा बेदीले ख्याति कमाएकी छिन्। निर्माताहरूले फिल्ममा जोयाको चरित्रमा मन्दिराको प्रतिछाया देखाउने सोचमा छन्। यसमा दक्षिण भारतका दलकिर सलमान अभिनेता रहेका छन्। यो समाचार अन्नपूर्ण पोष्टमा छ ।


प्रकाशित | १२ भाद्र २०७६, बिहीबार ०८:१९