रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौं: टेलिभिजनकर्मी रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला अदालत चितवनले लामिछानेसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले लामिछानेसहित तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थप गरेको हो । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई गत बिहीबार नियन्त्रणमा लिएको थियो । यसअघि पनी साउन ३१ गते ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो ।


प्रकाशित | ३ भाद्र २०७६, मंगलवार १७:४४