‘टेस्ट अफ नेपाल यात्रा’को लागि सेफ प्रेमलाल घिसिङलाई लायन्स प्रभु आरटिको सहयोग

काठमाडौं : नेपाली मौलिक तथा रैथाने खानालाई विश्वबजारीकरण गर्नको लागि योङ सेफ प्रेमलाल घिसिङले नेपालको पूर्व देखि पश्चिम महाकाली सम्मा नेपाली फुड टुर गर्ने भएको छ । उहाँले फुड टुरमा नेपालको ग्रामिन भेगमा पाईने खानाको परिकारहरुको रेसिपि र पकाउने विधिको अध्ययान गरेर नेपाली मौलिक खानाको किताव र भिडियो तयार पारिने जानकारी दिनु भएको छ ।

नेपालमा फुड टुरिजमको राम्रो सम्भावना रहेकोले फुड टुरिजम रुट पनि तयार पार्ने बताउनु भयो । नेपालको हेरिटेज फुड र कल्चरल फुडको बारेमा पनि अध्ययान गर्ने छ । उहाँको फुड यात्राको लागि लायन्स क्लाव अफ काठमाण्डु प्रभु आरटिले ४११०१ रुपैया सहयोग गर्नु भएको छ ।

सहयोगी  हातहरुलाई धन्यावाद दिदै सबैलाई सहायोगको अपिल पनि गर्नु भएको छ । उहाँको अध्ययान र अनुसन्धानको लागि ६० लाख जाति खर्चा लाग्ने सेफ प्रेमलाल घिसिङले बताउनुभयो । नेपालमा बहुभाषि र जातिभएकोले धेरै भन्दा धेरै नेपालमा खानाको परिकार रहेको र त्य हाम्रो मौलिक खानाहरु लोप हुन लागेकोले त्यसको जगेर्न गर्न र नेपालि खानालाई विश्वबजारीकरण गर्नको लागि फुट यात्रा तयार गरेको सेफ प्रेमलाल घिसिङले बताउनुभयो ।

नेपाली खानाहरु स्वस्थ्यको द्दिष्टीकोणले धेरै राम्रो रहेकोले हाम्रो पुर्खाहरु गोर्खाली हुन सकेको सेफ प्रेम बताउनु हुन्छ । त्यसैले उहाँले खाना संस्कृति र पहिचानको स्वरुप हो यसको जगेर्ना र प्रवर्दन गरौं, नेपाली मौलिक खान खाऔ स्वाथ बनौ हाम्रो सस्कार संस्कृतिको जगेर्ना गरौं भन्ने मुल नारा लिएर अगाडि बढने बताउनुभयो ।

पुर्खाले आर्जेर राखेको सम्पतिलाई जोगाउनु हाम्रो दयित्व हो । त्यसैले वैज्ञानिक मेरो पुर्खा हो म त अनुसन्धन कर्ता मात्र हो ।प्रकृतिले हामीलाई हिमाल, पहाड र तराई दिएको छ । ‘यहाँ हिमाल, पहाड र तराईमा विभिन्न जाति, धर्म र भाषाका मानिसहरु मिलेर बसेका छन् । हरेक जातको आफ्नै बेग्लै विशिष्टता र पहिचान बोकेको मौलिक खानपिन छन् । ति विशिष्टता र पहिचान बोकेको मौलिक खानपिन कताकता बिर्सन थालेको पो हो कि जस्तो लागेर मैले हरेक जातिको मौलिक खाना, भौगोलिक र समुदाय अनुसारको खानासम्बन्धी अध्ययन गर्ने उद्देश्याले खाना यात्र शुरु गर्ने निर्णय गरेको छु, टेस्ट अफ नेपालमा राखेर खाना यात्रमा निस्किदै छु’, उहाँले भन्नुभयो ।

‘पेशाले म सेफ हुँ अर्थात् खाना पकाउने मान्छे, (पाकशास्त्री) । मेरो पेशामा कुनै धर्म, जात र बाद छैन’, उहाँले थप्दै भन्नुभयो, ‘मैले धेरै देशको खाना पकाउन सिकेँ र सिकाउँदै पनि छु । जति पाकशास्त्रबारे बुझ्दै गएँ, मलाई हाम्रै देशका अन्य पाककलाप्रति ठूलो आकर्षण बढ्दै गयो । त्यसपछि हाम्रो देशमा रहेका विभिन्न जातजातिका मौलिक पाककलाबारे सोधिखोजी सुरु गरेँ र खाना पकाउन सिकेँ । अहिले म नयाँ पुस्तालाई पनि यसबारे सिकाउँदै छु । विडम्बना मैले मेरो आफ्नै नेपाली खाना र नेपालमा रहेको विभिन्न जातजाति, समुदाय र भौगोलिकको खानाको बारेमा खासै पकाउन सिकाउन पाइनँ । कमै मात्रमा र थोरै जााति समुदाय र भौगोलिकको खाना पाकेको मात्र पाइयो । तर नेपाल मात्र यस्तो एउटा देश हो जहा १३६ जातजतीको मानिसहरु मिलेर बसोबास गर्छन ।’

‘ति जातिहरुको आफ्नै मौलिक खानपनि, संस्कार, भाषा र भेषभुषा छन् । यति धेरै हाम्रा मौलिक खानाका परिकारहरु हुदाहुदै पनि हामीले आफनोपनको खानालाई बिर्सिदै बिदेशि खानापानको लत बसेको छ । हाम्रा खानाहरु बिदेशि खाना भन्दा पनि सफा, स्वच्छ र स्वस्थ छन् । पैसा हराए कमाउन सकिन्छ तर संस्कृति र संस्कार हराए सर्वस्व हराउन सकिन्छ । अनि तपाई हराउनु हुन्न । त्यसैले यि मौलिक खानाहरुलाई जोगाउनका लागि र यसको संरक्षण गर्नको लागि मैले यो खाना यात्रा शुरु गरेको हु । हाम्रा खानाहरु पनि विश्व बजारमा जान सक्छन । विश्वका स्टार होटलको मेनु मा राख्नको लागि मैले अब गोर्खाली मेनु तयार पार्ने छु । यो खाना यात्राले मुलुकमा खाना सम्बन्धी नयाँ मोड लिने छ । पर्यटन वर्ष २०२० लाई नेपाली खाना वर्षको रुपमा मनाउदै, पर्यटन वर्ष २०२० आउने विश्वका पर्यटकलाई पाहुनाहरुलाई नेपाली मौलिक खाना खुवाउनको लागि पनि यो मेरो खाना यात्र हो । हरेक पर्यटन बस्तीमा गएर नेपाली मौलिक खानाको ब्यबस्थापन, पाककला, सरसफाई र पहुना सत्कारको बारेमा जानकारी र जनाचेतना फैलाउने छु ।’

कुनै पनि जातजातिको खाना र पाककलाले त्यस जातिको इतिहास, परम्परा र सभ्यताको झझल्को दिन्छ । खाना, बनाउने र खाने शैलीले पनि आफ्नो इतिहास, परम्परा र सभ्यता बताउँछ । हामी नेपाली कति बहादुर छौँ ? किनभने हाम्रा पुर्खाले जेजस्ता मौलिक खान्की खानु हुन्थ्यो, ती खान्की छान्नु भएको थियो, त्यसले हाम्रा पुर्खालाई हृष्टपुष्ट र श्वस्थ बनाएको थियो । त्यसले बल दिन्थ्यो र हामी बहादुर कहलिएका थियौँ । फलतः देश बहादुरहरुको देशको रुपमा संसारभर प्रख्यात हुन पुग्यो । बहादुर हुनुमा हाम्रो खानाको भूमिको ठूलो छ । त्यसैले मैले “खानाको लागि बाँच्ने होइन, बाँच्नको लागि खाने गरौ ” भन्ने कुरालाई अगाडि सार्दै छु । खाना यस्तो वस्तु हो कि जस्को कारणले मान्छेको बाँच्ने आयु निर्धारण गर्दछ ।


प्रकाशित | ३२ श्रावण २०७६, शनिबार २१:२०