स्पेनिस ला लिगा फुटबल: बार्सिलोनालाई बिल्बाओको चुनौती

एजेन्सी :  स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ । सिजनको पहिलो खेलमा साविकको बिजेता बार्सिलोना र एथ्लेटिको बिल्बाओले प्रतिस्पर्धा गर्नेछन् । बार्सिलोना र बिल्बाओबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । खेल बिल्बाओको घरेलु मैदानमा हुनेछ ।

बिल्बाओको भ्रमण गर्दा बार्सिलोना सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । बार्सिलोना आफ्नो उपाधिलाई पुन: रक्षा गर्ने योजनामा हुनेछ । तर, बार्सिलोना नियमित कप्तान लियोनल मेस्सीबिना मैदान उत्रने छन् । मेस्सी पछिल्लो साता पिडुलाको चोटबाट गुज्रिरहेका छन् ।

मेस्सीको अनुपस्थिति भएपनि बार्सिलोनाको अग्रपंक्ति डेब्यु खेलाडी एन्टोनी ग्रिजम्यान, लुइस स्वारेज र ओसुमाने डेम्बेलेले सम्हाल्ने छन् । यस्तै प्रशिक्षक ईर्नेस्टो भाल्भर्डेले यसै सिजन अनुबन्ध गरेको फ्रेन्की डी जोङलाई मैदान उतार्ने सम्भावना छ ।

घरेलु टिमविरुद्ध बार्सिलोना केहि शतर्क भएर खेल्नेछ । किनकि घरेलु टिम बोल्बाओ सिजनको पहिलो खेलमा बलियो टिम बार्सिलोनालाई स्तब्ध बनाउने योजनामा हुनेछ ।

बिल्बाओको टिममा चर्चित अनुहार छैन तर टिम निकै सन्तुलित रहेको छ । यस्तै बिल्बाओलाई घरेलु समर्थकको साथ रहनेछ । तर, बलियो बार्सिलोनाविरुद्ध जित निकाल्न बिल्बाओलाई निकै कठिन भने हुनेछ ।


प्रकाशित | ३१ श्रावण २०७६, शुक्रबार ११:१३