‘हजार जुनीसम्म’को टाइटल गीत सार्वजनिक

काठमाडौँ : फिल्म ‘हजार जुनीसम्म’को टाइटल गीत सार्वजनिक भएको छ । उदय सोताङ्गको हिट गीत ‘हजार जुनीसम्म’ लाई फिल्ममा रि-एरेञ्ज गरिएको छ । गीतमा आयुष केसीको स्वर रहेको छ भने गीतलाई उदयले नै तयार पारेका हुन् । फिल्ममा उदय र आयुष दुवैको स्वरमा गीत रहनेछ भने निर्माण पक्षले आयुषको स्वर रहेको गीतलाई सार्वजनिक गरेको छ । गीतमा पवन चाम्लिङ्ग ’किरण’ को शब्द र योगेन्द्र घातानीको संगीत रहेको छ ।


प्रकाशित | २७ श्रावण २०७६, सोमबार १५:१४