‘छ माया छपक्कै’ भदौ २७ मा रिलिज

काठमाडौँ :  रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको फिल्म ‘छ माया छपक्कै’ अब भदौ २७ मा रिलिज गर्ने तयारी गरिएको छ । निर्माणपक्षले फिल्मको काम सकिएको खण्डमा भदौ २७ मा चलचित्र रिलिज गर्ने जानकारी दिएको छ ।  तर, चलचित्रको काम सकिने वा नसकिने निर्णय गर्न केही दिन लाग्ने वुझिएको छ ।

असोज ३ मा ‘कबड्डी कबड्डी कबड्डी’ले रिलिज मिति तोकेपछि दशैंको विकल्पको रुपमा भदौ २७ लाई रोजिएको हो । उक्त फिल्ममा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी लगायतको मुख्य भूमिका छ ।


प्रकाशित | १८ श्रावण २०७६, शनिबार १०:२६