अमेरिकाबाट भित्रीयो सबैभन्दा बढी रेमिट्यान्स

काठमाडौं : नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको छ । आर्थिक वर्ष २०७५र७६ को ११ महिनामा यस मुलुकबाट एक खर्ब ८१ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । डाइभर्सिटी भिषा (डीभी ) का साथै विद्यार्थी भिसामा अमेरिका जाने क्रम बढ्दै गएपछि त्यसको प्रभाव रेमिट्यान्समा परेको हो । नेपालमा भूकम्पपछि सन् २०१५ को जुनयता अमेरिकाले नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्ट्याटस ९टिपिएस० दिएका कारण उक्त अवधिमा प्रवेशाज्ञा समाप्त भएका नेपालीले बढी समय बस्ने अनुमति पाएका छन् ।

यो सुविधा अन्तर्गत उनीहरुले सन् २०२० को मार्च २० सम्म अमेरिकामा काम गर्न पाउँछन् । राष्ट्र बैंकको गत आवको ११ महिना ९साउन–जेठ०को तथ्यांकअनुसार बढी रेमिट्यान्स आउने मुलुकमा अमेरिकापछि दोस्रोमा भारत छ । भारतमा काम गर्ने नेपालीको तथ्यांक छैन । यो समाचार अन्नपूर्ण दैनिकमा तुलसी सुवेदीले लेखेका छन् ।


प्रकाशित | १४ श्रावण २०७६, मंगलवार ०७:५२